Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

विदेशी मुद्रा सञ्चिति ७.६ प्रतिशतले बढेर २८ अर्ब ८१ अर्ब नाघ्यो

विदेशी मुद्रा सञ्चिति ७.६ प्रतिशतले बढेर २८ अर्ब ८१ अर्ब नाघ्यो
विज्ञापन
Advertisement

काठमाडौं । कुल विदेशी मुद्राको सञ्चिति २८ अर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले मंगलबार चालु आवको दोस्रो महिनाको देशको वर्तमान आर्थिक अवस्था तथा वित्तीय स्थितिबारे प्रतिवेदन सार्वजनिक गर्दै विदेशी मुद्रा सञ्चिति बढेर २८ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको जाकारी दिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ७.६ प्रतिशतले वृद्धि भई २०८२ भदौ मसान्तमा २८ अर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ भदौ मसान्तमा ४.७ प्रतिशतले वृद्धि भई २० अर्ब ४१ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा ६.९ प्रतिशतले वृद्धि भई २५ अर्ब ८२ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ अर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा १३.७ प्रतिशतले वद्धि भई २ खर्ब ९८ अर्ब ९७ करोड कायम भएको छ ।

२०८२ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ यो सञ्चितिले १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने केन्द्रय बैंकले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit