काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश प्रतिक्रान्तितर्फ धकेलिएको बताएका छन् । प्रत्याशित रूपमा प्रतिक्रान्तिको घटना घटेको उल्लेख गरेका उनले त्यसलाई प्रभावकारी रुपमा रोक्न नसके देश बर्बादीतर्फ धकेलिने बताएका हुन् ।
ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बुधबारबाट सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘आज देशमा अप्रत्याशित रूपमा प्रतिक्रान्तिको घटना घटेको छ । त्यसबाट प्रतिक्रान्ति तर्फ यदि हामीले प्रभावकारी ढंगले रोक्न सकेनौं भने देश त्यतातर्फ धकेलिएको छ ।’
उनले देश बर्बादीतर्फ धकेलिएको भन्दै यस अवस्थालाई अविलम्ब लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, सुशासनयुद्ध, भ्रष्टाचारमुक्त र विकास उन्मुख शान्तिपूर्ण बाटोमा फर्काउनुपर्ने बताए ।उनले भने, ‘देशलाई हामीले अगाडि लानै पर्छ । हामी प्रहारको अन्यभन्दा बढी निशाना भएका छौं । किन? हामीले नराम्रो काम गरेकै कारण होइन, हामीले नराम्रो नीति ल्याएकै कारण पनि होइन । हाम्रा नीतिहरू राम्रा भएका कारण हामी निशाना भएका हौं । लोकतन्त्र मन नपर्ने र तानाशाही सोच राख्ने तत्वहरूले हामीलाई प्रहार गरेका छन् ।’
यस्तै ओलीले एमालेको नीति राम्रो भएकै कारण आफूहरुमाथि प्रहार भएको टिप्पणी गरे । ओलीले भने, ‘अरुभन्दा बढी प्रहारको निशाना र्एमाले भएका छौँ । हामीले नराम्रो काम गरेर, नीति नराम्रो भएर हामीमाथि प्रहार भएको हो ?होइन, हाम्रो नीति राम्रो भएर हो।’
एमालेले मात्रै जनतालाई विकासको सपना देखाएको, ती सपना पूरा गरेर देखाएको,
राष्ट्रिय हितमा अडान लिएको र राष्ट्रिय स्वाभिमानको कुरा गर्दा एमालेमाथि प्रहार भइरहेको ओलीको भनाइ छ । ‘ अरुले सिमाना, स्वाधीनताका कुरा बोल्न नपर्ने । एमालेले मात्रै किन बोल्नपर्ने? उनले प्रश्न गरे ।

















प्रतिक्रिया दिनुहोस्