Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

आजदेखि ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्दै आइसिएफसि फाइनान्स

आजदेखि ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्दै आइसिएफसि फाइनान्स
विज्ञापन
Advertisement

काठमाडौं। आइसिएफसि फाइनान्स लिमिटेडले आज देखि ‘८ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले ७ वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदरमा ऋणपत्र जारी गर्न लागेको हो। फाइनान्सले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता ऋणपत्र निष्काशन गर्दैछ, जसको कुल रकम ५० करोड रुपैयाँ बराबर रहेको छ। कुल निष्काशनमध्ये ३० करोड रुपैयाँ बराबरका ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी २० करोड रुपैयाँ बराबरका २ लाख कित्ता सर्वसाधारणमा बिक्री गरिनेछ ।

सर्वसाधारणतर्फ निष्काशन गरिने २ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको कम्पनीले जनाएको छ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडले लिएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit