Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

वीरगन्जमा दिपल एस ०५ सार्वजनिकसँगै दिपलको चारदिने टेस्ट ड्राइभ र एक्स्चेन्ज सुरु

वीरगन्जमा दिपल एस ०५ सार्वजनिकसँगै दिपलको चारदिने टेस्ट ड्राइभ र एक्स्चेन्ज सुरु
विज्ञापन
Advertisement

वीरगन्ज । एमएडब्लु वृद्धिले वीरगन्जमा ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक्नोलोजी’ले भरिएको दिपल एस ०५ सार्वजनिक गरेको छ । ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले बुधबार एक समारोहकाबीच नयाँ दिपल एस ०५ लाई सार्वजनिक गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

उक्त गाडीलाई वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, नायिका नीति शाह, वृद्धि ग्रुपका निर्देशक ओम प्रकाश सिकारिया, एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, मधेश प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष अशोक टेमानी, विरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, विरगञ्ज दिपल नोभस ब्रदर्सका अध्यक्ष अनुप अग्रवाललगायतले एकसाथ सार्वजनिक गरेका हुन् ।

कम्पनीका अनुसार दिपल एस ०५ लक्जरी, स्टाइल र टेक्नोलोजीको कारण केही सातामै नेपाली बजारमा चर्चित मोडेल बनेको छ । यसमा संसारकै ठूलो ब्याट्री निर्माता सीएटीएलको ‘गोल्डेन सिल्ड ब्याट्री सिस्टम २.०’ समावेश छ, जसको चार्जिङ साइकल ५ हजार (६ लाख किलोमिटर) को लाइफस्पान छ ।

दिपल एस ०५ मा दुवै ‘फ्रन्ट सिट वेलकमिङ, भेन्टिलेटेड र हिटेड’ छन् भने ‘क्विन कोपाइलट सिट’ ले ‘जिरो ग्राभिटी’, ‘लेग सपोर्ट र वान टच न्याप मोड’ मार्फत यात्रामा अद्वितीय आराम दिने कम्पनीको दाबी छ । साथै यसमा ‘सेग्मेन्ट–एक्स्क्लुसिभ’ ‘रिमोट इन एन्ड आउट पार्किङ’को सुविधा छ, जसले साँचोको प्रयोग गरेर ड्राइभरले सजिलैसँग गाडीलाई अगाडि र पछाडि सार्न सकिन्छ।

यसमा रहेको ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले’ले ‘लाइभ नेभिगेसन’ दिनुका साथै अत्यावश्यक ड्राइभिङ सूचना सिधै ‘विन्डसिल्ड’मा प्रोजेक्ट गर्छ। १४.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको दिपल एस०५ मा ‘इन्टरनेट कनेक्टिभिटी’ रहेको छ ।

वीरगन्जमा दिपलको नयाँ सोरुम, चारदिने टेस्ट ड्राइभ र एक्स्चेन्ज

यसैबीच वीरगन्जमा नयाँ स्टेट अफ आर्ट सोरुमको उद्घाटन गरिएको छ । अब यो क्षेत्रमा नोभस ब्रदर्स प्रालिले दिपलका अत्याधुनिक ईभीको बिक्री वितरण र बिक्रीपछिको सेवा उपलब्ध गराउनेछ । यसै अवसरमा विभिन्न अफरहरुसहित चार दिनका लागि विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज सुरु भएको छ ।

यस्तै, दिपलका अत्याधुनिक ईभी लाइनअप कनेक्टिभिटी भएको दिपल एस ०७ आईसीए, स्टाइलिस सेडान एल ०७ र अल्ट्राप्रिमियम लक्जरी एसयूभी अवतार ११ र दिपल एस ०५ को पनि टेस्ट ड्राइभ गर्न सकिने आयोजकको भनाइ छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit