Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

आज फेरि बजारबाट ९० अर्ब रुपैयाँ खिच्दै केन्द्रीय बैंक

आज फेरि बजारबाट ९० अर्ब रुपैयाँ खिच्दै केन्द्रीय बैंक
विज्ञापन
Advertisement

काठमाडौं । केन्द्रीय बैंकले आज फेरि बजारबाट ९० अर्ब रुपैयाँ झिक्न लागेको छ। बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) कम नभएपछि राष्ट्र बैंकले आज ९० अर्ब रुपैयाँ निक्षेप झिक्न लागेको हो ।

विज्ञापन
Advertisement
Advertisement

नियमित रूपमा आइतबार र बुधबार सातामा दुई दिन बजारबाट पैसा झिक्दै आएको केन्द्रीय बैंकले बजारको अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण बोलकबोल तथा निष्काशन मार्फत ४२ दिनका लागि ९० अर्ब रुपैयाँ झिक्न लागेको जनाएको हो।

बजारबाट पैसा निकाल्ने प्रयोजनार्थ केन्द्रीय बैंकले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । सो क्रममा घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले भनेको छ । उक्त रकमको साँवा तथा ब्याज भुक्तानी मंसिर २१ गते हुने केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले भदौ मसान्तसम्म निक्षेप सङ्कलन बोलकबोल र स्थायी निक्षेप सुविधामार्फत ६७ खर्ब रुपैयाँ बढी (कारोबारमा आधारित) तरलता प्रशोचन गरिसकेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit