Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

जेनजी आन्दोलनबाट प्रभावितलाई निःशुल्क मनोसामाजिक परामर्श सेवा दिने स्वास्थ्यमन्त्रीको पहिलो निर्णय

जेनजी आन्दोलनबाट प्रभावितलाई निःशुल्क मनोसामाजिक परामर्श सेवा दिने स्वास्थ्यमन्त्रीको पहिलो निर्णय
विज्ञापन
Advertisement

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले आइतबार पदभार ग्रहण गरेकी छन् । नवनियुक्त मन्त्री गौतमले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार सम्हालेकी हुन् ।

विज्ञापन
Advertisement
Advertisement

पदभार ग्रहण गर्दै उनले जेनजी आन्दोलनका घाइते तथा प्रभावितको लागि निःशुल्क मनोसामाजिम परामर्शको व्यवस्था गर्ने पहिलो निर्णय गरेकी छन् । तर, विज्ञहरूको सुझावको आधारमा मनोसामाजिक परामर्श कसरी प्रवाह गर्ने भन्नेबारे छलफल गरेर अगाडि बढ्ने उनको भनाइ छ ।

उनले भनिन्, ‘जेनजी आन्दोलनबाट प्रभावित सबै व्यक्तिहरूको लागि मनोसामाजिक परामर्श सेवाको व्यवस्थापन गर्ने पहिलो निर्णय भएको छ। बाँकी डिटेल हाम्रो विज्ञहरूबाट वर्कआउट हुन्छ त्यसपछि फेरि तपाईंहरूलाई बताउँछु ।’

यस्तै, मन्त्री शर्माले मन्त्रालयको कुनै पनि तहबाट आर्थिक अनियमितता एवं भ्रष्टाचार नगर्न कर्मचारीलाई चेतावनी दिइन् । उनले मन्त्रालय अन्तर्गतका शाखा एवं विभागहरूबाट प्रवाह हुने सेवालाई नागरिकमैत्री बनाउन निर्देशन दिँदै सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई दुःख दिने, काखापाखा गर्ने कार्य समेत भ्रष्टाचारकै अंगहरू भएको उल्लेख गर्दै चेतावनी दिएकी हुन् ।

‘कुनै पनि स्तरमा कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस् । आर्थिक एवं प्रशासनिक रूपमा कुनै पनि गलत काम गर्नु भएन। सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई दुःख दिने, काखापाखा गर्ने कार्य समेत भ्रष्टाचारकै अंगहरू हुन्, उनले भनिन्, ‘ त्यसकारण हामीले त्यस्तो नहोस् भन्ने कुरामा ख्याल गर्नुपर्छ । म सचिवको रूपमा यो मन्त्रालयमा काम गर्दा भ्रष्टाचारसँग कसरी जुध्ने भन्ने नै मेरो मुख्य चुनौती थियो । प्रशासनिक रूपमा जति गर्नुपर्थ्यो गरेँ ।’

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit