Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

धान भित्र्याउने बेला वर्षाले समस्या

धान भित्र्याउने बेला वर्षाले समस्या
विज्ञापन
Advertisement

तानसेन । घर भित्र्याउन ठिक्क पारिएको धान वर्षाले बिगारेपछि यहाँका किसान चिन्तित बनेका छन् । मानो रोपी फलाएको मुरी भित्र्याउने बेला काटेका धान स्याहार्न नपाउँदै पानी परेपछि समस्या भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यहाँका विभिन्न फाँटमा पाकेका धान किसानले तिहारपर्व मनाएपछि काटेर खेतमै राखेका थिए, तर भित्र्याउन नपाउँदै पानी प¥यो । दिउँसो काटेको बाली राति परेको पानीले बर्बाद बनाएको माडीफाँटका किसान विक्रम कुमालले सुनाए ।

खहरेकी तारा रायमाझीले पनि खेतमा थुप्रो बनाएर राखिएको धान वर्षाका कारण भित्र्याउन नपाएको बताए । ‘बुधबार धान स्याहार्ने योजना बनाउनुभएको थिए । आज बिहानदेखि परेको पानीले भिजेको छ । तीन दिनपछि मात्रै पानी आएको भए पनि धान भित्र्याइसक्थे’, उनले भने ।

यस्तै, अर्गेलीका भीम खनालको घर आँगनमा थुपारेको धान पनि भिजेर समस्या भएको छ । ‘सोमबार अलिकति धान स्याहारेका थियौँ, बाँकी मङ्गलबारलाई राखेका थियौंँ, पानी आइहाल्यो’,उनले भने, ‘पानी परेकाले धान स्याहार्न नसकिएको हो, आज आँगन भिजेको छ ।’

पोखराथोककी मीना कुमालले अधियाँ गरेको जमिनमा मजदुर लगाएर रोपाइँ गर्नुभएको थियो, तर भित्र्याउने बेला पानीले क्षति पु¥याएपछि उनी चिन्तित छन्। ‘धान स्याहारेर वर्षभरिको जोहो गर्ने र बचेको धान बेचेर केटाकेटीको पढाइलगायत अन्य काममा खर्च गर्छु भन्ने सोच बनाएकी थिएँ, बेमौसमी वर्षाले सबै सपना चकनाचुर पारिदियो’, कुमालले भने ,‘दुःख गरेर फसल उब्जाए पनि स्याहार्न पाइँदैन, आफ्नो जग्गा छैन् । ठेक्कामा लिएर काम गरे पनि प्रकृतिले ठग्छ । काटेर खेतमा राखेको धान खेतमै पानीले भिजायो ।’

बाली भित्र्याउने बेला पानीले क्षति पु¥याएपछि यहाँका अधिकांश किसान चिन्तित बनेका छन् । कतिपय किसानले तिहारअघि र कतिपयले पछि पाल्पाको रामपुर, माडी, झडेवा, कचल, पूर्वखोला, अर्गली, गेझालगायतका फाँटमा पाकेका धान भित्र्याँदै थिए । केहीले पानी पर्ने भन्दै हतारहतारमा धान काटे, तर आज बिहानैदेखि परेको वर्षाका कारण काटेको धानबालीमा क्षति पुग्यो ।

कृषि ज्ञान केन्द्रकी प्रमुख अमिता पाण्डेले जिल्लामा हालसम्म आठ प्रतिशत धान काटिसकिएको र वर्षा जारी रहेका कारण क्षतिको विवरण आइनसकेको बताए उनले जिल्लाका १० वटै पालिकाका कृषि इकाइमार्फत क्षति विवरण सङ्कलनका लागि आग्रह गरिएको बताए ।

केन्द्र प्रमुख पाण्डेले भने, ‘स्थानीय तहले पहिलेदेखि नै पानी पर्ने सूचना गरेकाले ठूलो क्षति हुनबाट भने बचेको छ । के कति क्षति भयो भनेर जिल्लाका सबै पालिकाबाट विवरण सङ्कलन भएपछि विवरण सार्वजनिक गर्नेछौंँ । ’

बिहीबारसम्म पानी पर्ने मौसम विभागले जनाएकाले काटिसकिएको धानमा केही क्षति भने हुनसक्ने केन्द्रले जनाएको छ ।

जिल्लामा ३६ हजार ५३७ हेक्टरमा धानखेती हुँदै आएकामा आठ हजार ६२० हेक्टरमा वर्षेधान, ७०५ हेक्टरमा चैतेधान र २७ हजार २१२ हेक्टरमा अन्यखेती हुँदै आएको छ । यसवर्ष भने आठ हजार २१० हेक्टरमा मात्र वर्षेधान लगाइएको कृषि ज्ञानको तथ्याङ्क रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit