Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

२० वर्षपछि विवाह गर्ने किशोरीलाई झापा गाउँपालिकाले प्रोत्साहनस्वरुप १० हजार दिने

२० वर्षपछि विवाह गर्ने किशोरीलाई झापा गाउँपालिकाले प्रोत्साहनस्वरुप १० हजार  दिने
विज्ञापन
Advertisement

झापा । झापा गाउँपालिकाले २० वर्ष उमेर पूरा भएपछि मात्र विवाह गर्ने किशोरीलाई प्रोत्साहनस्वरूप १० हजार रुपैयाँ नगद उपलब्ध गराउने भएको छ। बालविवाह न्यूनीकरण तथा अन्त्य गर्ने उद्देश्यले आगामी आर्थिक वर्ष २०८३र८४ को नीति, बजेट तथा कार्यक्रममा यो व्यवस्था गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले सानै उमेरमा हुने विवाहले किशोरीको स्वास्थ्य, शिक्षा, मानसिक विकास र भविष्यमा नकारात्मक असर पार्ने भएकाले प्रोत्साहन भत्ताको व्यवस्था गरिएको बताइन्। उनका अनुसार आदिवासी समुदायको बाहुल्य रहेको गाउँपालिकामा बालविवाहको कुप्रथा न्यूनीकरण गर्न यस कार्यक्रमका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ। गाउँपालिकाको अनुमान अनुसार यो कार्यक्रमबाट करिब २०० किशोरी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। प्रोत्साहन भत्ताले किशोरीलाई कानुनी उमेर पुगेपछि मात्रै विवाह गर्न प्रेरित गर्नुका साथै समुदायमा बालविवाहविरुद्ध सचेतना फैलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

झापा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ५३ करोड ९३ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यो रकम चालु आर्थिक वर्षको तुलनामा दुई करोड ५१ लाख ५५ हजार ४६४ रुपैयाँ बढी हो।

यसैबीच, झापाका १५ वटै स्थानीय तहले बुधबार आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र अनुमानित बजेट सार्वजनिक गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit