Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

असार १५ एक अर्ब रुपैयाँ बराबरको दही कारोबार हुने अनुमान

असार १५ एक अर्ब रुपैयाँ बराबरको दही कारोबार हुने अनुमान
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय धान दिवस तथा असार १५ रोपाइँ महोत्सव २०८३ को अवसरमा देशभर करिब ७५ लाख लिटर दही खपत हुने अनुमान गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

जसबाट एक अर्ब रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा नेपाल डेरी एसोसिएसनले गरेको छ। एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले असार १५ मा दही तथा दुग्धजन्य पदार्थको खपत उल्लेखनीय रूपमा बढ्ने बताए ।

दाहालका अनुसार असार १५ नेपाली कृषि, संस्कृति, परम्परा, खाद्य सुरक्षा तथा ग्रामीण अर्थतन्त्रसँग अभिन्न रूपमा जोडिएको पर्व भएको बताए। उनले धान उत्पादन राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले धान रोपाइँसँगै दही–चिउरा खाने परम्पराले नेपाली समाजको मौलिक संस्कृति, सामाजिक एकता र जीवनशैलीलाई पुस्तौंदेखि निरन्तरता दिँदै आएको उल्लेख गरे।

उनले नेपाल सरकारले अघि सारेको ‘जनमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारालाई आत्मसात गर्दै सरकारी, सहकारी, निजी क्षेत्र तथा अन्य सरोकारवाला निकायको सहकार्यमा दही–चिउरा प्रवर्द्धन कार्यक्रम समेत सञ्चालन गरिएको जानकारी दिए।

दाहालका अनुसार नेपाल डेरी एसोसिएसनले स्थापना कालदेखि नै दुग्ध क्षेत्रको विकास, दूध तथा दुग्धजन्य पदार्थको उत्पादन र उपभोग वृद्धि, किसानको हित संरक्षण तथा स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि निरन्तर काम गर्दै आएको छ। दुग्ध क्षेत्र लाखौं किसान परिवारको जीविकोपार्जनसँग प्रत्यक्ष रूपमा जोडिएको भन्दै उनले यसको दिगो विकास राष्ट्रिय अर्थतन्त्र, पोषण सुरक्षा र ग्रामीण समृद्धिका लागि महत्वपूर्ण रहेको बताए।

उनले असार १५ मा दही–चिउरा खाने परम्परा केवल सांस्कृतिक अभ्यास मात्र नभई कृषि उत्पादन, श्रमको सम्मान, स्थानीय उत्पादनको उपयोग र सामाजिक सद्भावको जीवन्त उदाहरण भएको बताए। खेतमा कठिन श्रमपछि दही–चिउरा सेवन गर्ने चलनले कृषकलाई ऊर्जा प्रदान गर्नुका साथै श्रमप्रतिको सम्मान र सामूहिकताको भावना बलियो बनाउने उनको भनाइ छ।

पछिल्लो समय यस्ता मौलिक परम्परा क्रमशः हराउँदै गइरहेको उल्लेख गर्दै दाहालले यस्ता कार्यक्रममार्फत नेपाली कृषि संस्कृति र जीवनशैलीलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न आवश्यक रहेको बताए।

दाहालले असार १५ का अवसरमा दही तथा दुग्धजन्य पदार्थको खपत बढ्दा दूध उत्पादक किसान, दुग्ध सहकारी संस्था तथा दुग्ध उद्योग प्रत्यक्ष रूपमा लाभान्वित हुने धारणा राखे । स्वदेशी उत्पादनको उपभोग विस्तारसँगै कृषि तथा दुग्ध क्षेत्रको दिगो विकास, किसानको आयवृद्धि र राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा सकारात्मक योगदान पुग्ने विश्वास उनले व्यक्त गरे।नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit