काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिलकुमार दाहाल नियुक्त भएका छन् ।
कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले हाल नायब प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहाललाई बिहीबार देखि लागु हुने गरी सीईओ नियुक्त गरेको हो ।
यसअघि सीईओ मनोज कुमार लाल कर्णले व्यक्तिगत कारण देखाउँदै असोज २७ गते राजीनामा दिएका थिए । सोही दिन नै सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको थियो
नवनियुक्त सीईओ दाहाल लामो समयदेखि बीमा क्षेत्रसँग आबद्ध छन् । चार्टर्ड एकाउण्टेन्ट समेत रहेका दाहालसँग लेखा, वित्तीय व्यवस्थापन, लेखा परीक्षण र बीमा क्षेत्रमा १५ वर्षभन्दा बढीको अनुभव छ ।















प्रतिक्रिया दिनुहोस्