Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

काठमाडौंका सडकमा फोहोर थुप्रिन थालेपछि मन्त्री घिसिङ ल्याण्डफिल्ड साइटको अनुगमनमा (तस्बिरहरु)

काठमाडौंका सडकमा फोहोर थुप्रिन थालेपछि मन्त्री घिसिङ ल्याण्डफिल्ड साइटको अनुगमनमा (तस्बिरहरु)
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीयहरुले बञ्चरेडाँडास्थित ल्याण्डफिल्ड साइटमा काठमाडौंको फोहोर व्यवस्थापन गर्न अवरोध गरेपछि शहरी विकासमन्त्री कुलमान घिसिङले स्थलगत अनुगमन गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

तिहार लगत्तैदेखि उपत्यकाको फोहोर व्यवस्थापन हुन सकेको छैन । स्थानीय र प्रभावित क्षेत्रका नागरिकले झन्डै तीन वर्ष अघि सरकारसँग भएको स्थानीयहरूले स्वास्थ्य जाँच, मुआब्जा तथा पूर्वाधार विकासलगायत १८ बुँदे सहमति कार्यान्वयन गर्न सरोकारवालाको ध्यानाकर्षण गराउँदै आएका छन् । समस्या समाधानमा सरोकारवालाले चासो नदेखाएपछि धादिङ र नुवाकोटका प्रभावितले उपत्यकाको फोहोर बञ्चरेडाँडास्थित ल्याण्डफिल्ड साइटमा व्यवस्थापन गर्न दिएका छैनन् । जसकारण साता दिन अघिदेखि नै उपत्यकाको फोहोर संकलन नहुँदा सडक तथा गल्लीहरु दुर्गन्धित हुँदै गएको छ ।

फोहोर व्यवस्थापनमा संकट निम्तिएपछि शहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडास्थित ल्याण्डफिल्ड साइटको आज अनुगमन गरेका छन् । मन्त्री घिसिङले स्थानीय प्रशासन, फोहोर व्यवस्थापन सम्बन्धित अधिकारीहरू तथा स्थानीय प्रतिनिधिहरूसँग छलफल गर्न बञ्चरेडाँडाको अनुगमन गरेको बताइएको छ ।काठमाडौं महानगरपालिका र अन्य स्थानीय तहहरूबाट दैनिक १ हजार २ सय टनभन्दा बढी फोहोर उत्पादन हुने गर्छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit