काठमाडौं । दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजले आफ्नो ब्रान्डेड शपिङ गन्तव्य ८८‘दराजमल’८८को नयाँ स्वरूप सार्वजनिक गरेको छ। आउँदो ११.११ मेगा सेलअघि सार्वजनिक गरिएको नयाँ दराजमल अनुभवमा अब अथेन्टिसिटी ग्यारेन्टी, ३ गुणासम्मको क्याशब्याक, विशेष ब्रान्ड अफरहरू, र छिटो डेलिभरी सेवा जस्ता सुविधाहरू उपलब्ध हुने छन्।
दराज ग्रुपका प्रमुख वाणिज्य अधिकारी बेन यीका अनुसार, नयाँ अथेन्टिसिटी ग्यारेन्टीले ग्राहकमा विश्वास बढाउने र ब्रान्डहरूलाई दक्षिण एसियामा आफ्नो उपस्थिति विस्तार गर्न सहयोग गर्नेछ।
दराजमलमार्फत अहिले १५०० भन्दा बढी अन्तर्राष्ट्रिय र स्थानीय ब्रान्डहरू उपलब्ध छन्, जसमा सियाओमी, सेटाफिल, एडिडास, नाईक, युनिलिभर लगायत लोकप्रिय ब्रान्डहरू समावेश छन्। नयाँ दराजमल डिजाइनमा पर्पल रंगको प्रयोग गर्दै मौलिकता र उत्साहपूर्ण शपिङ अनुभवलाई प्रतिबिम्बित गरिएको छ।
सेटाफिलका वरिष्ठ ब्रान्ड प्रबन्धक आकाश सिंह चौहानले दराजमलले नेपालमा आफ्नो ब्रान्ड विस्तारमा उल्लेखनीय सहयोग गरेको बताए। त्यस्तै, अल्टिमा नेपालका प्रमुख कार्यकारी अधिकृत अमित अग्रवालले दराजमलले ब्रान्डको विश्वसनीयता र बिक्री वृद्धिमा ठुलो योगदान पुर्याएको उल्लेख गरे।
दराजमलमा उपलब्ध उत्पादनहरू प्रमाणित र आधिकारिक ब्रान्डहरूबाट मात्र हुने भएकाले ग्राहकहरूले मौलिकता, आधिकारिक वारेन्टी र भरपर्दो बिक्रीपछिको सेवा पाउनेछन्। आउँदो ११.११ सेलमा दराजमलले १ करोड ७० लाखभन्दा बढी ब्रान्डेड उत्पादनहरूमा आकर्षक अफरहरू ल्याउने तयारी गरेको छ।

















प्रतिक्रिया दिनुहोस्