Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

शेयर बजारमा दोहोरो अंकको गिरावट,२५९६ विन्दुमा सूचक

शेयर बजारमा दोहोरो अंकको गिरावट,२५९६ विन्दुमा सूचक
विज्ञापन
Advertisement

 काठमाडाैं। साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यो दिन नेप्से परिसूचक ११.२९ अंकले घटेर २ हजार पाँच सय ९६.१२ विन्दुमा आइपुगेको छ । नेप्से सूचक घटे पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्यले बढेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कारोबारमा आएका ३२० कम्पनीको १ करोड ८ लाख ६८ हजार कित्ता शेयर किनबेचहुँदा ५ अर्ब ४१ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ । यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा शिवम् सिमेन्ट, राधि विद्युत कम्पनी, हिमालयन डिस्टिलरी,एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट, युनियन हाइड्रो पावर कम्पनीको शेयर मूल्य १९ करोड ५२ लाख रुपैयाँदेखि ३० करोड ९१ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
घटेको बजारमा दरमखोला हाइड्रो इनर्जी, मबिलिङ इनर्जी लिमिटेड,उपकार लघुवित्त वित्तीय संस्था, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था,मानुषि लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७.९७ प्रतिशतदेखि १० प्रतिशतसम्मले बढेर सकारात्मक सर्किट लागेको छ ।

घटेको बजारमा सम्पदा लघुवित्त वित्तीय संस्था, पिपुल्स पावर, मोदी इनर्जी लिमिटेड, एनआईबीएल स्टेबल फण्ड र इष्ट्रन हाइड्रो पावर कम्पनीको २.९८ प्रतिशतदेखि १० प्रतिशतसम्मले घटेको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit