Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पहिलो दिन महिनामा ग्लोबल आइएमई बैंकको नाफामा उलेख्य सुधार, प्रतिसेयर आम्दानी १९.५१ रुपैयाँ पुग्यो

पहिलो दिन महिनामा ग्लोबल आइएमई बैंकको नाफामा उलेख्य सुधार, प्रतिसेयर आम्दानी १९.५१ रुपैयाँ पुग्यो
विज्ञापन
Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा ग्लोबल आइएमई बैंकको नाफा २२.९१ प्रतिशतले बढेर १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

विज्ञापन
Advertisement
Advertisement

गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ रहेको थियो । बैंकको वितरणयोग्य नाफा ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

बैंकले खुद ब्याज आम्दानी ४ अर्ब १३ करोड ३० लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ४ अर्ब ११ करोड ८९ लाख रुपैयाँ रहेको थियो । चालु आवको तीन महिनामा बैंकको सञ्चालन नाफा १०.४३ प्रतिशतले बढेर २ अर्ब ३७ करोड १६ लाख रुपैयाँ पुगेको छ ।

बैंकको चुक्तापुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ छ ।

बैंकको खराब कर्जा ४.९८ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १९.५१ रुपैयाँ रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७९.५० रुपैयाँ रहेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit