Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद
कैलालीको टीकापुरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किसानको धान खरिद गर्न सुरु गरेपछि धान बिक्रीका लागि पालो कुर्दै किसान । तस्बिर ः झलनाथ खनाल / रासस
विज्ञापन
Advertisement

अत्तरिया। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा १२ हजार ५२७ ‘क्विन्टल’ धान खरिद गरेको छ । यही कात्तिक १२ गतेदेखि जिल्लाका छ स्थानबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले हालसम्म उक्त परिमाणमा खरिद गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

हालसम्म जिल्लाको टीकापुर खरिद केन्द्रबाट तीन हजार ८७९ क्विन्टल, मोहनपुरबाट दुई हजार ३३९ क्विन्टल र सत्तीबाट दुई हजार क्विन्टल धान खरिद गरिएको कार्यालय प्रमुख दीपक थापाले जानकारी दिए । उनका अनुसार गौरीगङ्गा खरिद केन्द्रबाट एक हजार ७२४ क्विन्टल, भजनीबाट एक हजार ३०० क्विन्टल र जोशीपुरबाट एक हजार २८५ क्विन्टल धान खरिद गरिएको छ ।

कार्यालय प्रमुख थापाका अनुसार खाद्य कम्पनीले सरकारद्वारा निर्धारित न्यूनतम समर्थन मूल्यमा मोटा धान खरिद गरिरहेको जनाए । सरकारले यस वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा निर्धारण गरेको छ ।

यस वर्ष कम्पनीले जिल्लामा पहिलो चरणका लागि धान खरिद कोटा ३५ हजार क्विन्टल निर्धारण गरेको बताउँदै उहाँले एक किसानबाट बढीमा ५० क्विन्टलका दरले खरिद गरिने जानकारी दिए । धान बिक्रीका लागि किसानले परिचय खुल्ने कागजात, किसान प्रमाणित भएको वडाको सिफारिस तथा चेकको प्रतिलिपि ल्याउनुपर्ने व्यवस्था गरिएको उनले बताए ।

गत वर्ष जिल्लामा कम्पनीको धान खरिद कोटा ५५ हजार क्विन्टल रहेकामा ३४ हजार ५०१ क्विन्टल मात्रै खरिद भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit