Advertisement
Advertisement
Corporate Samachar
२९ असार २०८३, सोमबार
Advertisement

नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघद्वारा घरेलु तथा साना उद्योग महासंघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत

नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघद्वारा घरेलु तथा साना उद्योग महासंघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघले नेपाल घरेलु तथा साना उद्योग महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

महासंघले शनिबार काठमाडौंको चाबहिलमा विशेष कार्यक्रम आयोजना गरी घरेलु तथा साना उद्योग महासंघका नवनिर्वाचित नेतृत्वलाई सम्मानसहित शुभकामना दिएको हो ।

समग्र नेपालका लघु, घरेलु तथा साना उद्यमी व्यवसायीहरुको नेतृत्वदायी संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघले हालै नयाँ नेतृत्व पाएको हो । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको सम्मानमा आयोजित ‘न्यानो स्वागत, बधाई तथा शुभकामना’ कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको सिलाई व्यवसायी महासंघले जनाएको छ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघकी नवनिर्वाचित अध्यक्ष शोभा गुरुङ, वरिष्ठ उपाध्यक्ष डम्बरप्रसाद रेग्मी, वस्तुगत उपाध्यक्ष मोहन कटुवाल, केन्द्रीय महिला उद्यमी समिति अध्यक्ष रिता अवाललगायत पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

नवनिर्वाचित पदाधिकारीहरुले महासंघको निमन्त्रणालाई स्वीकार गर्दै सम्मान, बधाई तथा शुभकामना ग्रहण गर्नुका साथै नेवारी परम्परागत सगुन समेत ग्रहण गरेको जनाइएको छ।नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघले नव निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै लघु, घरेलु तथा साना उद्योग क्षेत्रको विकास र प्रवर्द्धनमा सहकार्य हुने विश्वास व्यक्त गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit