Advertisement
Advertisement
Corporate Samachar
२८ असार २०८३, आईतवार
Advertisement

पुँजी बजारलाई ठक्कर दिएर अघि बढेको बालेन ‘एक्सप्रेस’ सरकार

पुँजी बजारलाई ठक्कर दिएर अघि बढेको बालेन ‘एक्सप्रेस’ सरकार
विज्ञापन
Advertisement

काठमाडौं। फागुन २१ गते निर्वाचन हुन करिब दुई साता बाँकी थियो। राजधानीको एउटा सामान्य होटलमा पुँजी बजारका अभियन्ता, लगानीकर्ता तथा केही नेतृत्व तहका व्यक्तिहरूबीच चिया गफसँगै राजनीतिक छलफल चलिरहेको थियो। त्यहाँ धितोपत्र बजार सुधारका आन्दोलनमा सक्रिय समूहदेखि लगानीकर्तालाई अनशन बस्न प्रेरित गर्ने अभियन्तासम्मको उपस्थिति थियो।

विज्ञापन
Advertisement
Advertisement

त्यो छलफलको निष्कर्ष एउटै थियो, ‘बालेन नेतृत्वको सरकार बने शेयर बजार बढ्छ, त्यसका लागि घण्टी (रास्वपा) मा मतदान गर्नुपर्छ।’ त्यसपछि सामाजिक सञ्जालमा यही सन्देश व्यापक रूपमा फैलियो। लाखौं फलोअर भएका फेसबुक पेज र शेयर बजारसँग सम्बन्धित समूहहरूले समेत घण्टीमा मतदान गरे बजार पाँच हजार अंकसम्म पुग्ने दाबी गर्दै प्रचार गरे।

कतिपयले त एक वर्षभित्रै नेप्से पाँच हजार अंक पुग्ने दाबीसमेत गरेका थिए। दुई तिहाई मतसहित सरकार बन्ने भएपछि आएको मतपरिणामले शेयर लगानीकर्ताहरुलाई ठुलो आशा दिलायो । दुई तिहाईको मतसहित बालेन सरकार बन्ने भएपछि खुलेको शेयर बजार २०८२ फागुन २५ मा शेयर बजार १६२ दशमलव ९३ अंक अर्थात् ६ प्रतिशतले बढेर बजार नै त्यो दिनका लागि ‘हाइअलटर्’ हुँदै बन्द हुन पुग्यो । यसरी उत्साहित बनेको शेयर बजार भने प्रधानमन्त्री बालेनकै सपथपछी खुलेको शेयर बजारले त्यहि रफ्तारले गति समात्न  भने सकेन।

१३ चैतमा सपथ खाएका बालेन शाहले बजार खुलेको १५ चैतमै शेयर बजारमा भारी पहिरो गयो । उक्त दिन ७१.०५ अंकले घटेर बन्द भयो । यसबीचमा सरकारको एक सय दिनको एकसय शासकिय सुधार कार्ययोजना आयो, नीति तथा कार्यक्रम आयो, बजेट आयो र मौद्रिक नीति ल्याउँदा पनि यी कुनै पनि कदमले पुँजी बजारमा अपेक्षित सकारात्मक मनोविज्ञान सिर्जना गर्न सकेनन्।

प्रधानमन्त्री बालेन आफुँ नेतृत्वको सरकार एक्सप्रेस गतिमा दौडिएको हुँदा रोक्न नमिल्ने बताउँछन् । उनै प्रधानमन्त्री बालेनले हाइवेमै पुँजी बजारको गाडीलाई ठक्कर दिएर घाइते बनाएका छन् । यसको उपचार अब जरुरी भईसकेको छ ।

सय दिनमा लगानीकर्ता गुमाए ४ खर्ब २६ अर्ब सम्पति

उत्साहित हुँदै भोट हालेका लगानीकर्ताले बालेन सरकार बनेयता करिब ४ खर्ब २६ अर्ब १२ करोड रुपैयाँ सम्पति गुमाएका छन् । बालेन सरकार बन्नु अघि बजार पुँजीकरण (लगानीकर्ता कुल सम्पति) ४८ खर्ब ९४ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । एक दिन पूरा गरेर गत शुक्रबारको कारोबारसम्म आइपुग्दा बजार पुँजीकरण ४४ खर्ब ६८ अर्ब ६८ करोडमा आइपुगेको हो । यसले पनि के संकेत गर्छ भने लगानीकर्ताहरु बजार निरन्तर घट्दा निकै प्यानिक बनेका छन् ।

लगानी गर्न खोजिरहेका छैनन् । बालेन सरकार बनेदेखि हालसम्मको शेयर कारोबारलाई हेर्ने हो भने यसबीचमा ७२दिन कारोबार भएको छ । ७२ दिनमा ५६ पटकको कारोबारमा बजार घटेको छ भने ३५ दिनको कारोबारमा बजार बढेको छ भने एकदिन मात्र बजार स्थिर रहेको छ । यो बीचमा ३४९. २७ अंकले बजार घटेको छ । बालनेसरकार पछिको कारोबार हुँदाको पहिलो दिन २ हजार ८७९.११ विन्दुमा रहेको नेप्से सूचक हाल २६००.७८ विन्दुमा आइपुगेको छ ।

यसबीचमा सरकारले नीजि क्षेत्रमाथि धरपकडको नीति लिएको थियो । विभिन्न बहानामा तर्साउने र लगानीकर्ताको वातारण बन्न नदिएको भन्दै निजी क्षेत्र क्रसित बनेको देखिन्यो । पहिलो थुन्ने र पछि सुनने नितीले त्यसको प्रभाव पुँजी बजारमा परेको विश्लेषकहरु बताउँछन् ।

नेपाल धितोपत्र बोर्डको पूर्व अध्यक्ष रेवतवहादुर कार्कीले सरकारले सुरुवातमा जुन खालको उदार नीति , निजी क्षेत्र मैत्री भन्दै आएको थियो ब्यवहारमा ठिक उल्टोहुँदा लगानीकर्तामा त्यसको असर परेको बताए । उनले भने,‘ निजी क्षेत्र मैत्री भनियो तर, निजी क्षेत्रमाथि नै धरपकड भयो, सुरुवातमै कस्ने र पेल्ने नीतिमा जाँदा अन्योल सिर्जना भयो जसले बजारलाई पुरै असर पुग्यो ।’

अर्कोतर्फ ठुलो कम्पनीका शेयर धनिहरुलाई चलाइयो, सम्पतिशुद्धिकरण जस्ता अभियोजनले डराउन थाले पूर्व अर्थमन्त्री नै अनुसन्धानमा तानिएको समयमा अन्य लगानीकर्तामा झनै क्रास सिर्जना भएको कार्कीको भनाई छ ।

लगानीकर्ता घनश्याम पाण्डेले पनि लगानीकर्ताहरुमा डर पैदाहुँदा बजारमा त्यसले हिट गरेको बताए । उनले भने,‘ठुलो रकमको कारोबार गर्दा कतै स्रोत खाज्ने अनाश्यकक धरपकड हुने जोखिम रह्यो त्यसैले पनि बजार प्यानिक बन्न पुग्यो, सरकारले समन्वय सहकार्यभन्दा पनि आवश्यकताभन्दा बढी कडा गर्ने उदेश्यले त्रास पैदा भयो ।’ अहिले त असार मसान्त छ, अब सरकारले अलिकति सहजीकरणको वातावरण बनाउने हो भने मात्र आगामी दिनमा बजार पुन सहज हुने सक्ने उनको भनाई छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
भाेजराज भण्डारी

भाेजराज भण्डारी

समाचार प्रमुख

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit