Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

बजाज चेतक ईभीको ‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’ काठमाडौंमा हुने

बजाज चेतक ईभीको ‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’ काठमाडौंमा हुने
विज्ञापन
Advertisement

काठमाडौं । बजाज चेतक नेपालले राजधानीमा ‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’ आयोजना गर्ने घोषणा गरेको छ। आगामी कार्तिक २३ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने यो विशेष एक्सचेन्ज क्याम्प नक्सालस्थित बाइकर्स क्याफेमा हुनेछ।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रमको उद्देश्य पुराना दुईपांग्रे सवारीधारकहरूलाई नयाँ पुस्ताको इलेक्ट्रिक स्कुटर चेतक ईभीमा अपग्रेड गर्न प्रोत्साहित गर्नु हो।

पुरानो बाइकका सट्टा नयाँ चेतक

क्याम्पमा सहभागी ग्राहकहरूले आफ्ना पुराना बाइक वा स्कुटर उच्च मूल्याङ्कनसहित नयाँ चेतक ईभीसँग साट्न सक्नेछन्। साथै, फ्री एक्सेसरीज, नागरिकतामात्रकै भरमा अन–द–स्पट फाइनान्सिङ, र प्रत्येक टेस्ट राइडमा फ्री कफी जस्ता आकर्षक अफरहरू उपलब्ध हुनेछन्। नयाँ चेतक खरिद गर्ने ग्राहकहरूलाई बाइकर्स क्याफेमा कपल्स लन्चको विशेष सुविधा पनि दिइने बजाज चेतक नेपालले जनाएको छ।

सजिलो र स्मार्ट इलेक्ट्रिक रूपान्तरण

बजाज चेतकको यो पहलले परम्परागत दुईपांग्रे सवारी साधन प्रयोगकर्ताहरूलाई इलेक्ट्रिक मोबिलिटीमा सहज र लाभदायी रूपान्तरण गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।
बजाज चेतक ईभीले सदाबहार डिजाइन, आधुनिक प्रविधि, र दिगो प्रदर्शनको संयोजन गर्दै यात्रालाई थप रोमाञ्चक र भरपर्दो बनाउने कम्पनीको दाबी छ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने,  ‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प केवल एक्सचेन्ज कार्यक्रम मात्र होइन, यो स्मार्ट मोबिलिटी अपनाउने अवसर हो। चेतक ईभी नवप्रवर्तन, विश्वसनीयता र आधुनिक राइडरको बोल्ड भावनाको प्रतीक हो, जुन नेपालका बदलिँदै रहेका सडकका लागि एकदम उपयुक्त छ।’

चेतक ईभीका विशेषताहरू

बजाज चेतक ईभी शहरका सडकदेखि दुर्गम भूभागसम्मका लागि उपयुक्त रूपमा तयार गरिएको एक अत्याधुनिक इलेक्ट्रिक स्कुटर हो। यसले प्रति चार्ज १५३ किलोमिटरसम्मको प्रमाणित रेंज प्रदान गर्दछ।
यसमा रहेको IP64  रेटेड अल–मेटल बडीले सबै मौसममा स्थायित्व सुनिश्चित गर्छ भने ५ इन्चको TFT टचस्क्रिन डिस्प्लेमार्फत स्मार्ट नेभिगेसन, म्युजिक कन्ट्रोल, र डकुमेन्ट एक्सेसका सुविधा उपलब्ध छन्।

साथै, जियो–फेन्सिङ, एक्सिडेन्ट डिटेक्सन, र एन्टी–ठेफ्ट प्रोटेक्सन जस्ता सुरक्षात्मक विशेषताहरूले राइडलाई थप सुरक्षित बनाउँछ। ३५ लिटर अन्डरसिट स्टोरेज र ३ घण्टामा ० देखि ८० प्रतिशतसम्म फास्ट चार्जिङ क्षमतासँग, चेतक ईभी सुविधा र कार्यक्षमताको सन्तुलित संयोजनका रूपमा प्रस्तुत भएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit