Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

एनआईसी एशिया लघुवित्तमा दिवाकर भट्टराई सञ्चालक नियुक्त

एनआईसी एशिया लघुवित्तमा दिवाकर भट्टराई सञ्चालक नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले दिवाकर भट्टराईलाई सञ्चालकमा नियुक्त गरेको छ। संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको निर्णयअनुसार भट्टराईलाई संस्थापक समूहको तर्फबाट प्रतिनिधि सञ्चालकका रूपमा मनोनीत गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

लघुवित्तको मिति २०८२ कार्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले उहाँलाई आगामी वार्षिक साधारण सभासम्मका लागि नियुक्त गरेको जनाएको छ। यसअघि सो पदमा सुमन थपलिया संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्दै आएका थिए।

नव–नियुक्त सञ्चालक भट्टराईले संस्थाका अध्यक्ष प्रकाश राज शर्मा समक्ष शपथ ग्रहण गरी पदभार सम्हालेका छन्। बैंकिङ क्षेत्रमा १६ वर्षको अनुभव भएका भट्टराई हाल एनआईसी एशिया बैंक लिमिटेडमा प्रमुख कृषि तथा अन्य कर्पोरेट ऋण रूपमा कार्यरत छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit