काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड र वाइज याक सोलुसन्स प्रा.लि. बिच आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बीमा सचेतना कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी एक महत्वपूर्ण सम्झौता भएको छ।
हालै सम्पन्न उक्त सम्झौता पत्रमा सानिमा जिआईसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुद्युम्न प्रसाद उपाध्याय र वाइज याक सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत प्रा.डा.सुरेश मानन्धरले हस्ताक्षर गरे ।
सम्झौता अनुसार मधेश प्रदेशका चारवटा जिल्लाहरू सिराह, सप्तरी, धनुषा र महोत्तरीमा केन्द्रित हुनेछ। यसको मुख्य उद्देश्य बीमाको पहुँच पुग्न नसकेका विपन्न तथा ग्रामीण क्षेत्रका नागरिकहरूलाई कृषि, पशुपन्छी र लघु बीमाका बारेमा सचेत गराउनु रहेको छ ।
ग्रामीण भेगका सर्वसाधारणले सहजै बुझ्न सकून् भन्नका लागि आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको सहयोगमा स्थानीय भाषामै बीमा सम्बन्धी सचेतना कार्यक्रमहरू सञ्चालन गरिने कम्पनीले जनाएको छ।
सानिमा जिआईसी इन्स्योरेन्सका प्रबन्धक तथा सूचना अधिकारी भद्र बहादुर विष्टका अनुसार यो प्रविधिमैत्री सहकार्यले बीमा साक्षरतालाई तल्लो तहसम्म पुर्याउन र बीमाको दायरा बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

















प्रतिक्रिया दिनुहोस्