Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सोल्टी होटल्सद्वारा शिवपुरीमा पाँचतारे स्तरको ‘द सोल्टी रिसोर्ट’ सञ्चालन सम्झौता

सोल्टी होटल्सद्वारा शिवपुरीमा पाँचतारे स्तरको ‘द सोल्टी रिसोर्ट’ सञ्चालन सम्झौता
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली आतिथ्यता क्षेत्रको अग्रणी ब्रान्ड सोल्टी होटल्स एण्ड रिसोर्ट्सले काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा आफ्नो सेवा विस्तार गर्ने भएको छ। कम्पनीले क्लासिक भ्यू रिसोर्ट लिमिटेडको स्वामित्वमा रहेको पाँचतारे स्तरको लक्जरी रिसोर्ट व्यवस्थापन र सञ्चालनका लागि सम्झौता गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

अब उक्त रिसोर्ट ‘द सोल्टी रिसोर्ट शिवपुरी राष्ट्रिय निकुञ्ज काठमाडौं’ को नामबाट सञ्चालन हुनेछ। व्यवस्थापन सम्झौता पत्रमा सोल्टी होटल लिमिटेडका उपाध्यक्ष सुदर्शन चापागाईं र क्लासिक भ्यू रिसोर्ट लिमिटेडका अध्यक्ष मुकुन्द राज कुँवरले हस्ताक्षर गरे । यस विस्तारसँगै काठमाडौं उपत्यकामा सोल्टीको यो तेस्रो सम्पत्ति (प्रोपर्टी) बनेको छ।

काठमाडौं उपत्यकाको कोलाहलबाट टाढा, शिवपुरी राष्ट्रिय निकुञ्जको सौम्य वातावरणमा अवस्थित यस रिसोर्टले पर्यटकहरूलाई प्राकृतिक सौन्दर्य र आधुनिक विलासिताको दुर्लभ संयोजन प्रदान गर्ने बताइएको छ। ‘यहाँबाट काठमाडौं उपत्यकाको मनमोहक दृश्यावलोकनका साथै ऐतिहासिक वन जंगल र पहाडी श्रृंखलाहरू नियाल्न सकिन्छ’ होटलले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विश्वस्तरीय आतिथ्य सेवा प्रदान गर्दै नेपालको सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरूलाई उजागर गर्ने गन्तव्यका रूपमा यस रिसोर्टलाई विकास गर्ने हाम्रो लक्ष्य छ।’

हाल रिसोर्टमा २५ वटा सुविधासहितका कोठा र एउटा निजी भिल्ला सञ्चालनमा छन् भने थप ५१ वटा लक्जरी कोठाहरू निर्माणाधीन अवस्थामा रहेका छन्। प्रत्येक कोठाको डिजाइनमा नेपाली कला र संस्कृति झल्काइएको छ। रिसोर्टमा बहु–परिकारका लागि ‘गुराँस अल डे डाइनिङ रेस्टुरेन्ट’, आरामदायी समयका लागि ‘ऐराक बार’ र जङ्गलको परिदृश्यसँगै ग्रिल स्वाद लिन‘जङ्गल फायर बीबीक्यू टेरेसड को व्यवस्था रहेको छ।

विवाह, सामाजिक उत्सव तथा कर्पोरेट कार्यक्रमहरूका लागि समेत बैंक्वेट हल, दुईवटा खुला लन र एउटा आकर्षक एम्फिथिएटर निर्माण गरिएको जनाइएको छ। नेपालको एकमात्र स्वदेशी अन्तर्राष्ट्रिय पाँचतारे चेन डिलक्स होटल सोल्टीले आफ्ना ब्रान्ड र सेवाहरूलाई देशका प्रमुख पर्यटकीय गन्तव्यहरूमा विस्तार गर्ने रणनीति अनुरुप यो कदम चालेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit