Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

कपिल रेग्मीको संयोजकत्वमा नेपाल वितरक संघ काठमाडौं, पश्चिम क्षेत्रीय समितिको नयाँ कार्यसमिति

कपिल रेग्मीको संयोजकत्वमा नेपाल वितरक संघ काठमाडौं, पश्चिम क्षेत्रीय समितिको नयाँ कार्यसमिति
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल वितरक संघ काठमाडौं पश्चिम क्षेत्रीय समितिको चौथो अधिवेशनले कपिल रेग्मीको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। गत शनिबार सम्पन्न अधिवेशनले उप–संयोजकमा रुकेश महर्जन, सचिवमा कोमल थापा, खाद्य वस्तुगत उपसमिति संयोजकमा विमल रेग्मी, कस्मेटिक तथा अखाद्य किराना वस्तुगत उपसमिति संयोजकमा रामकृष्ण कार्की र हल्का पेय पदार्थ तथा मदिराजन्य वस्तुगत उपसमिति संयोजकमा योगेन्द्र श्रेष्ठलाई चयन गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

त्यसैगरी सदस्यहरुमा नारायण प्रसाद अर्याल, अंजिता श्रेष्ठ, पुष्कर केसी, रुपक सिंह, टंक प्रसाद वस्ती, जनक महर्जन र उमेश खड्का रहेका छन्।

अधिवेशनले विभिन्न उपसमितिहरू पनि गठन गरेको छ।विमल रेग्मी संयोजक रहेको खाद्य वस्तुगत उपसमितिमा राजकुमार श्रेष्ठ, रमेश मरासिनी, नरेन्द्र डंगोल, अग्नि तिमिल्सिना, पुष्पराज ढकाल, दिलराज भट्टराई, प्रकाश पौडेल, सुरेश घिमिरे र सुभाष अर्याल छन्।

रामकृष्ण कार्की संयोजक रहेको कस्मेटिक तथा अखाद्य किराना वस्तुगत उपसमितिमा सुन्दर श्रेष्ठ, उज्जवल अधिकारी, मदन पाण्डे, अनुप मिश्र, यमनाथ अधिकारी, विनय प्याकुरेल, तोयनाथ गौतम, आकाश प्रकाश भट्टराई, धुव्र ढुगां र उद्धवसिंह विष्ट रहेका छन्।

त्यस्तै योगेन्द्र श्रेष्ठ संयोजक रहेको हल्का पेय पदार्थ तथा मदिराजन्य वस्तुगत उपसमितिमा सुनिता विसुराल, विशाल श्रेष्ठ, विकेश श्रेष्ठ, राजन पाण्डे, प्रकाश पौडेल, सन्तोष गौतम, मनराज घिसिङ र पदम दोङ सदस्य रहेका छन्।

कार्यक्रम नेपाल वितरक संघका अध्यक्ष प्रेमहरि मैनालीको प्रमुख आतिथ्यतामा तथा तत्कालीन क्षेत्रीय संयोजक केशव मैनालीको सभापतित्वमा सम्पन्न भएको थियो।

अधिवेशन उद्घाटन गर्दै अध्यक्ष मैनालीले वितरकहरू आफ्नो हकहितका लागि एकजुट हुनुपर्नेमा जोड दिए। उनले संघले आफ्नै नयाँ भवन निर्माण गर्ने निर्णय गरेको जानकारी दिँदै यसका लागि सबै सदस्यको साथ र सहयोग अपेक्षा गरे। मैनालीले वितरकहरूको क्षमता विकासका लागि आवश्यक योजना ल्याइने र त्यसका लागि बजेट अभाव हुन नदिइने प्रतिबद्धता पनि जनाए।

पूर्व अध्यक्ष दुर्गाराज श्रेष्ठले क्षेत्रीय समस्याहरू समाधान गर्न संघमा बढीभन्दा बढी सदस्यलाई समेट्नुपर्ने र आवश्यक परे विधान संशोधन गर्न सकिने सुझाव दिए। उनले उपभोक्ता र वितरकबीचको सम्बन्धमा सचेत र जिम्मेवार भएर व्यवसाय गर्नुपर्नेमा जोड दिए।

त्यस्तै, पूर्व अध्यक्ष राजेन्द्र सिंखडाले क्षेत्रीय समितिले नीति र व्यवस्थापनमा ध्यान दिएर व्यवसायीका समस्या समाधानतर्फ लाग्नुपर्ने सुझाव दिए। उनले अनुशासन र पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिए।

अधिवेशन उद्घाटनपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेपाल वितरक संघका सल्लाहकार सदस्य चन्द्र बहादुर थापाले म्याद सकिएका ९डेट एक्स्पायर० र ड्यामेज भएका सामान फिर्ता लिन उत्पादक तथा आयातकर्ता कम्पनीहरूले ढिलाइ गर्ने गरेको र यसले वितरकहरूलाई ठूलो मर्का पारेको बताए। उनले यस्ता समस्या समाधानका लागि संघले ठोस पहल गर्नुपर्ने धारणा राखे।

नवनिर्वाचित संयोजक कपिल रेग्मीले सबै सदस्यको सहकार्यमा समितिलाई नमुना समिति बनाउने प्रतिबद्धता जनाए। उनले प्रशिक्षण र क्षमता विकासका कार्यक्रममार्फत वितरकहरूलाई सशक्त बनाउने योजनाको उल्लेख गरे। कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit