काठमाडाैं । साताको बुधबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २१.७८ अंकले घटेर २ हजार पाँच ४३.३७ विन्दुमा आइपुगेको हो । तीन सूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । यो दिन तीन अर्ब ७९ करोड ४४ ला रुपैयाँको कारोबार भएको छ भने ८३ लाख २२ हजार कित्ता शेयर किनबेच भएको छ । शेयर बजारमा आएको निरन्तर गिरावटले लगानीकर्ता प्यानिक अबस्थामा पुगेका छन् ।
सर्वाधिक शेयर किनबेचहुने कम्पनीमा एनआरएन इन्फाष्ट्रचर डेभलपमेन्ट बैंक रहेको छ । उक्त बैंकको ३८ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ । राधि विद्युत कम्पनी, साहस उर्जा लिमिटेड,युनियन हाइड्रो पावर र शिवम् सिमेन्टको ७७ करोड ४१ लाख रुपैयाँसम्मको कारोबार भएको छ । त्यस्तै, सागर डिस्टिलरी, बुनगोल हाइड्रो लिमिटेड, बन्दिपुर केबलकार एण्ड टुरिजम,अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, बरुण हाइड्रोपावरको शेयर मूल्य ३.६५ प्रतिशतदेखि १० प्रतिशतसम्मले बढेर सकारात्मक सर्किटसम्म लागेको छ ।
घटेको बजारमा दरमखोला हाइड्रो इनर्जी, माबलिङ इनर्जी, मेरो माइक्रो वित्तीय संस्थाको शेयर मूल्य ४.५७ प्रतिशतदेखि ८.७२ प्रतिशतसम्मले घटेको छ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्