Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

साताको अन्तिम दिन सामान्य बढेर बन्द भयो नेप्से, घट्यो कारोबार

साताको अन्तिम दिन सामान्य बढेर बन्द भयो नेप्से, घट्यो कारोबार
विज्ञापन
Advertisement

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक सामान्य अंकले वृद्धि भएर बन्द भएको छ । बुधबार २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा झरेको नेप्से आज भने ०.३१ अंकले बढेर २५४४.९१ विन्दुमा रोकिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

नेप्सेमा सामान्य सुधार भएपनि अघिल्लो दिनको तुलनामा यसदिन कारोबार रकम भने घटेको छ । बुधबार ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार रुपैयाँको ८४ लाख ४ हजार ६ सय कित्ता शेयर किनबेच भएको बजारमा आजभने कुल ३२९ स्टकको ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रुपैयाँको ७६ लाख ५ हजार ५ सय कित्ता शेयर किनबेच भएको हो ।

५० हजार ६२१ पटकको कारोबारमा यो किनबेच भएको हो । यसदिन सेन्सेटिभ इन्डेक्स ०.१५ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०.०४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.०६ अंकले घटेको छ । यस दिन माबिलुङ्ग इनर्जी, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केबलकार एण्ड टुरिजमको र रुरु जलविद्युतको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबारमा आएको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ४.८२ प्रतिशत घटेर १२६४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कारोबार रकमका आधारमा यस दिन हिमालयन पावर पार्टनरको शेयर सबैभन्दा धेरै कारोबार भएको छ । यस्तै, यस दिन हिमालयन डिष्टिलरीको करिब १४ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ भने यूनियन हाइड्रोपावरको कारोबार रकम १३ करोड रुपैयाँ नाघेको छ ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । यस दिन बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit