Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

हामी हरेक वर्ष क्रिसमसका सामग्री किन्न नेपाल आउँछौं : राजदूत पत्नी जेन क्रिल थम्पसन

हामी हरेक वर्ष क्रिसमसका सामग्री किन्न नेपाल आउँछौं : राजदूत पत्नी जेन क्रिल थम्पसन
विज्ञापन
Advertisement

काठमाडौं । एक्टिभ उमन अफ नेपाल द्वारा आयोजना गरिएको विशेष बजार सम्पन्न भएको छ । द सोल्टी होटल अटोग्राफ कलेक्सनमा भएको उक्त विशेष बनार चार दशकभन्दा बढी समयदेखि निरन्तर लाग्दै आएको आयोजकले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बजारको उद्घाटन आइतबार नेपालस्थित अमेरिकी राजदूत डिन आर थम्पसन तथा उनकी धर्मपत्नी र एवन की मानार्थकी अध्यक्ष जेन क्रिल थम्पसनले संयुक्त रूपमा गरे। उद्घाटनपछि बोल्दै थम्पसन महोदयीले आफूहरु हरेक वर्ष क्रिसमसको सामान किन्न नेपाल आउने गरेको बताइन् । उनले भनिन्, ‘एवन बजार हाम्रो लागि सधैं विशेष रहन्छ । हामी हरेक वर्ष क्रिसमसका सामग्री किन्न यहाँ (नेपाल)आउँछौं’ उनले थप भनिन्, यस वर्षको बजार निकै व्यवस्थित र सफल देखियो । उपलब्ध सामग्रीको गुणस्तर उत्कृष्ट छ, विविधता धेरै छ र किफायती मूल्यमा एकै ठाउँमा सबै वस्तु पाइने सुविधा निकै उपयोगी छ ।’

कार्यक्रममा १०० भन्दा बढी स्टलले स्टार्टअप उत्पादन, अर्गानिक सामग्री, हस्तकला, फेसनका वस्तु, घरायसी सजावट तथा चाडपर्वका सामग्री बिक्री तथा प्रदर्शन गरेका थिए। आगन्तुकका लागि खानाका स्टल र बाल–मैत्री गतिविधिहरू पनि राखिएको आगोजकले जानकारी दिएको हो ।

कार्यक्रमबाट संकलित रकम एवन ले सञ्चालन गर्दै आएका महिला सशक्तिकरण, सामुदायिक सहयोग र सामाजिक सेवा परियोजनामा विनियोजन गरिने जनाइएको छ।

तस्बिरहरु :

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit