Advertisement
Advertisement
Corporate Samachar
१६ असार २०८३, मंगलवार
Advertisement

टिकटकद्वारा प्रयोगकर्ताका लागि टाइम र वेल–बीइंग स्पेस सुविधा थप

टिकटकद्वारा प्रयोगकर्ताका लागि टाइम र वेल–बीइंग स्पेस सुविधा थप
विज्ञापन
Advertisement

काठमाडौं । टिकटकले आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ टाइम र वेल–बीइंग स्पेस सुविधा सुरु गरेको छ । प्रयोगकर्ताहरूलाई सचेत र स्वस्थ डिजिटलमैत्री बनाउन गरिएको नयाँ अपडेटले धेरै नयाँ सुविधाहरू दिनेछ ।

विज्ञापन
Advertisement
Advertisement

सुरक्षा र कम्युनिटी गाइडलाइन्सलाई प्राथमिकता दिँदै आएको टिकटकले पछिल्लो समय उन्नत फ्यामेली पियरिङ फिचर र किशोर–किशोरीको प्रयोग अस्थायी रूपमा रोक्ने क्षमता भएको ‘टाइम अवे फिचर’ जस्ता धेरै उपयोगी सुविधाहरू थप्दै आएको छ । यस वर्ष, टिकटकले राति आराम गर्न मद्दत होस् भनेर किशोर–किशोरीका लागि मेडिटेसन फिचर पनि सुरु गरेको छ ।

टिकटकले वेल–बीइंग टुलहरूलाई अझ कसरी परिस्कृत र प्रयोगकर्तामैत्री बनाउन सकिन्छ भन्ने सम्बन्धमा खोज–अनुसन्धान गरिरहेको पनि उल्लेख गरेको छ ।

यस्तै टिकटकले चारवटा नयाँ वेल–बीइंग मिसन पनि ल्याएको छ । यी छोटा, रमाइला र सजिलै पूरा गर्न सकिने मिसनहरू हुन्, जसले प्रयोगकर्तालाई दीर्घकालीन, सन्तुलित डिजिटल बानी बनाउन मद्दत गर्छ । जसमा ‘दैनिक स्क्रीन टाइम लिमिट’, ‘स्लिप आवर’ र ‘टेक अ ब्रेक’ लगायतका मिसनहरू छन् । यसले प्रयोगकर्तालाई स्क्रीनमा बिताउने समयप्रति सचेत गराउँदै प्रयोगकर्ताको स्वास्थ्यबारे ध्यान दिएको जनाइएको छ ।

टिकटकले यी फिचरहरूलाई प्लेटफर्मको अनुभवमै सहज रूपमा जोड्ने लक्ष्य राखेको जनाएको छ । यसको उद्देश्य प्रयोगकर्ता कम्युनिटीले आराम गर्न, तनाव घटाउन र प्रविधिसँग सन्तुलित सम्बन्ध बनाउन सचेत गराउनु हो ।

सुविधाहरूको थप विस्तारसँगै टिकटकले ल्याएको ध्यानको अभ्यास गर्ने, विश्राम लिने र स्वस्थ डिजिटल बानी बनाउने डेडिकेटेड टुल्ससहितको नयाँ फिचरहरुले कम्युनिटीलाई आराम गर्न, मन शान्त पार्न अझ सरल बनाइदिने कम्पनीको दबी छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit