Advertisement
Advertisement
Corporate Samachar
१५ असार २०८३, सोमबार
Advertisement

सिटिजन्स बैंकको डिजिबैंकमार्फत एसआईपी’मा अब सिधै आवेदन दिन सकिने

सिटिजन्स बैंकको डिजिबैंकमार्फत एसआईपी’मा अब सिधै आवेदन दिन सकिने
विज्ञापन
Advertisement

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सिटिजन्स सदाबहार योजना एसआईपी’मा अब डिजिटल माध्यमबाटै आवेदन दिन सकिने व्यवस्था गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

सिटिजन्स क्यापिटल लिमिटेडसँगको सहकार्यमा सञ्चालनमा रहेको उक्त योजनामा ग्राहकहरूले बैंकको डिजिबैंक सेवा, आधिकारिक वेबसाइट तथा मोबाइल बैंकिङमार्फत सिधै आवेदन दर्ता गरी नियमित लगानी सुरु गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार नयाँ सुविधाले एसआईपी आवेदन प्रक्रिया थप सरल, छिटो र सुरक्षित बनाउनेछ। साथै ग्राहकहरूलाई आफ्नो वित्तीय लक्ष्यअनुसार नियमित तथा दीर्घकालीन लगानी गर्न सहज हुने अपेक्षा गरिएको छ।

बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालकै पहिलो ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याइसकेको छ। साथै ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ र फ्रिलान्सर लक्षित ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ समेत सञ्चालनमा ल्याएको छ।

मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन, सीआरएन नम्बर सेवा तथा क्रस बैंक टेलर क्यूआरमार्फत नगद प्राप्त गर्ने सुविधा पनि बैंकले उपलब्ध गराउँदै आएको छ।

हाल सिटिजन्स बैंकले देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit