काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल वितरक सांग्रिला मोटर्स प्रा.लि.ले लीपमोटर र सिट्रोनका दुई विशेष एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ ।
नेपालभरका सम्बन्धित शोरूमहरूमा लीपमोटर, सिट्रोन, प्यूजो लगायत विश्व प्रसिद्ध ब्रान्डहरूको प्रतिनिधित्व गर्दै आएको सांग्रिला मोटर्सले यही मंसिर १४ गतेदेखि मंसिर २१ गतेसम्म एक्सचेन्ज क्याम्प सञ्चालन गर्न लागेको हो ।
क्याम्पमा लीपमोटर ‘एक्सचेन्ज विथ द बेस्ट’ क्याम्पले ग्राहकहरूलाई उनीहरूको लागि पर्फेक्ट ज्ञण्रज्ञण् कार चलाउने अवसर प्रदान गर्नेछ । साथै, नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क रोड ट्याक्स र दर्ता, २.२ किलोवाटको ट्राभल चार्जरको साथ निःशुल्क ७ किलोवाटको होम चार्जरलगायतका सुविधाहरु दिइने आयोजकले जनाएको छ ।
त्यसैगरी, सिट्रोन ‘एक्सचेन्ज विथ द बेस्ट’ क्याम्पमा ग्राहकलाई एक्सचेन्ज बोनस, एमसीबी बक्स सहितको निःशुल्क ३.३ किलोवाट चार्जर, एक वर्षको अटो प्लस बीमा र निःशुल्क रोड ट्याक्स छुट गर्ने लगायतका सुविधा दिएको छ ।
एक सातासम्म एकैसाथ सञ्चालन हुने दुवै एक्सचेन्ज क्याम्पहरूले नेपालभरका कार उत्साहीहरूलाई सीमित समयका अफरहरूको लाभ उठाउँदै आफ्नो सवारी अपग्रेड गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्