Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

गो दान : टिबिसी इनक्युबेशन सेन्टरबाट जन्मिएको पहिलो विद्यार्थी नेतृत्व स्टार्टअप

गो दान : टिबिसी इनक्युबेशन सेन्टरबाट जन्मिएको पहिलो विद्यार्थी नेतृत्व स्टार्टअप
विज्ञापन
Advertisement

काठमाडौं । द ब्रिटिश कलेजले आफ्नै इनक्युबेशन सेन्टरमार्फत विकास भएको पहिलो विद्यार्थी–नेतृत्व स्टार्टअप ‘गो दान’ को औपचारिक शुभारम्भ गर्दै उद्यमशीलता प्रवर्द्धनमा एक महत्वपूर्ण माइलस्टोन स्थापित गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

सरल, सुरक्षित र पारदर्शी डिजिटल सहयोग  प्रणाली विकास गर्ने लक्ष्यसहित तयार गरिएको गो दान प्लेटफर्मका संस्थापक अभूषण श्रेष्ठ, बीएसि कम्युटर साइन्स एआई  का लेभल ४ विद्यार्थी,ले शुभारम्भ समारोहमा आफ्नो यात्रा र उद्देश्य साझा गरे।

उनी भन्छन्, “गो दानको उद्देश्य कठिन समयमा सहयोग पाउन मानिसहरूलाई सजिलो बनाउनु हो। टिबिसी इनक्युबेशन सेन्टरको मार्गदर्शनले हामीले पहिलो सफल कदम चालेका छौँ।”

समारोहमा विद्यार्थी, शिक्षक तथा टिबिसी नेतृत्वको उपस्थिति रहेको थियो। टिबिसीका अकाडेमिक डाइरेक्टर डा. डेक्लन पी. ब्यानन ले टोलीलाई बधाई दिँदै भने, “यो सफलताले हाम्रो इनक्युबेशन इकोसिस्टमले प्रवर्धन गर्न खोजेको वास्तविक उपलब्धि देखाउँछ।”

समूह  सिइअाे  तथा संस्थापक राजेन कँडेल ले युवा उमेरमै व्यवसाय सुरु गरेको आफ्ना अनुभव सुनाउँदै विद्यार्थीहरूमा उद्यमशीलता र नवप्रवर्तनप्रति उत्साह थपिएको बताए। उनले भने, “सुरुवात गर्न साहस चाहिन्छ, र त्यो साहसलाई टिबिसीले सदैव प्लेटफर्म दिन्छ।”

गो दानको सफल शुभारम्भसँगै टिबिसीले विद्यार्थीहरूलाई नवप्रवर्तन, सहकार्य र प्रभावकारी उद्यम निर्माणतर्फ अझ सशक्त रूपमा अघि बढाउने संकेत गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit