Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रास्वपा र विवेकशील साझा एकीकरणपश्चात् दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, झन्डा पनि साबिककै

रास्वपा र विवेकशील साझा एकीकरणपश्चात् दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, झन्डा पनि साबिककै
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता भएको छ । आज काठमाडौंमा आयोजित एकता घोषणा सभामा दुई दलका नेताहरूले एकतासम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

रास्वपाका तर्फबाट कार्यबाहक सभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरेका छन् भने विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारबीच हस्ताक्षर भएको हो । उनीहरूबीच विभिन्न पाँचवटा बुँदामा सहमति भएको छ ।

रास्वपाको राजनीतिक सिद्धान्त र नेतृत्व निःसर्त स्वीकार गर्दै निष्ठा र मूल्य–मान्यतामा आधारित वैकल्पिक राजनीतिको प्रवद्र्धनमा स्व.उज्ज्वल थापा एवं ‘विवेकशील अभियान’को योगदानलाई दस्ताबेजीकरण गरी मान्यता दिने गरी दुई पार्टीबीच सहमति बनेको छ ।एकीकरणपश्चात् दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ भने झन्डा पनि साबिककै रहने सहमति भएको छ ।

दुवै पक्षबीच रास्वपाको पहिलो महाधिवेशनसम्मका निम्ति बनाइएको विशेष संयन्त्र ‘संघीय नेतृत्व मञ्च’मा विवेकशील साझाका तर्फबाट एकीकरणको प्रक्रियामा आउने नेताहरूलाई आपसी समझदारीमा मनोनयन गर्ने लगायतका विभिन्न पाँच बुँदामा समझदारी बनेको छ ।

यस्ता छन् सहमतिहरु : 
१. राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक सिद्धान्त र नेतृत्व निःशर्त स्वीकार्दै निष्ठा र मूल्य–मान्यतामा आधारित वैकल्पिक राजनीतिको प्रवद्र्धनमा स्व. उज्वल थापा एवं विवेकशील अभियान’को योगदानलाई दस्तावेजीकरण गरी मान्यता दिने,

२. राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन सम्मका लागि बनाइएको विशेष संयन्त्र ’संघीय नेतृत्व मञ्च’मा विवेकशील साझा पार्टीबाट एकीकरणको प्रक्रियाबाट आउने नेताहरुलाई आपसी समझदारीमा मनोनयन गर्ने मञ्चका सदस्यहरुको वरियता केन्द्रीय समितिको सदस्य सरह विवेकशील साझा पार्टीका सदस्य र सल्लाहकारहरुलाई केन्द्रीय, प्रादेशिक र स्थानीय तहगत संरचनामा समुचित समायोजन गरि जिम्मेवारी तोक्दा योग्यता, समावेशिताको सिद्धान्त र सार्वजनिक छविलाई आधार मान्ने,

३. एकीकरण पश्चात् दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी’, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति र दलको चिन्ह ’घण्टी’ रहने,

४. एकीकरण सम्बन्धी निर्वाचन आयोग सम्बद्ध कानूनी प्रक्रिया पूरा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबाट आवश्यक दस्तावेजहरु तयार गर्दै पार्टीका नाममा रहेका चल–अचल सम्पत्तिको व्यवस्थापन आपसी समझदारीमा शीघ्र सम्पन्न गर्ने,

५. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ’घण्टी’ मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन र समुन्नतिका मुद्धा अघि बढाउन अन्य सबै सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit