काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र आईएमई हस्पिटालिटी प्रालिबीच विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
बैंकका ग्राहकलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने गरी दुई पक्षबीच भएको समझदारी पत्रमा बैंकको तर्फबाट डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ प्रमुख विमल लम्साल र आईएमई हस्पिटालिटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरे ।
सम्झौताअनुसार बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकलाई आईएमई हस्पिटालिटी अन्तर्गतका विभिन्न होटल, रेष्टुरेन्ट तथा केबलकार सेवाहरूमा १० प्रतिशत सम्म छुट उपलब्ध हुने छ । आईएमई हस्पिटालिटीले आफ्ना विभिन्न सेवाहरू जस्तै होटल ले हिमालय (लाजिम्पाट), इला होटल्स एण्ड रिसोट्र्स (मौलाकाली), इला कम्फर्ट (बाग्लुङ), द लेकसाइड रिसोर्ट (पोखरा), सेक एण्ड फेंग रेष्टुरेन्ट (लाजिम्पाट), मौलाकाली केबलकार र लुम्बिनी केबलकारमा १० प्रतिशतसम्म छुट सुविधा उपलब्ध गराउने जनाइएको छ।
उक्त सुविधा उपयोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्ने हुन्छ। होटलसँगको यस सहकार्यले ग्राहकवर्गलाई सहज हुनाका साथै देशको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको जनाएको छ।















प्रतिक्रिया दिनुहोस्