काठमाडौं । बैंक तथा वित्तीय संस्थाले संथागत मुद्दती निक्षेपमा समेत व्यक्तिगत मुद्दती निक्षेप सरह ब्याजदर दिन पाउने बाटो खुला भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको जनाएको हो ।
बैंक तथा वित्तीय संस्थाले संस्थागत निक्षेपकर्तालाई व्यक्तिगत निक्षेपकर्ताको भन्दा मुद्दती निक्षेपमा १ प्रतिशत बिन्दुले कम ब्याजदर दिनुपर्ने व्यवस्था थियो । मौद्रिक नीति समीक्षामार्फत केन्द्रीय बैंकले उक्त व्यवस्थालाई खारेज गर्ने जनाएको हो ।
‘बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तिमा १ प्रतिशत बिन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरिनेछ,’ मौद्रिक नीति समीक्षामा उल्लेख छ ।
यस्तै, बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष कर्जाको विद्यमान सीमा ५० लाख रुपैयाँबाट बढाएर १ करोड रुपैयाँ कायम गरिने केन्द्रीय बैंकले जनाएको छ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्