काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३२ औं वार्षिकोत्सवको अवसरमा देशका सात वटै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
स्वास्थ्य संस्थाहरूमा रगत अभाव हुन नदिन आयोजित रक्तदान कार्यक्रममा सात प्रदेशबाट कूल २ सय ६१ जनाले रक्तदान गरेका छन् । जसमा बागमती ४७, लुम्बिनीमा ६०, गण्डकी ३९, कोशी ५३, मधेश २२, र सुदूरपश्चिम ४० जना रक्तदान कार्यक्रममा सहभागी भएको कम्पनीले जनाएको छ ।
साथै, संस्थाको केन्द्रीय कार्यालयमा एक दिने आँखा तथा कान स्वास्थ्य शिविर पनि आयोजना गरेको जनाएको छ। उक्त शिविरमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका कर्मचारी र अन्य गरि १ सय २८ जनाले स्वस्थ्य परीक्षण गरेका थिए । विशेषज्ञ चिकित्सकहरूको टोलीले कर्मचारीहरूलाई निःशुल्क परीक्षण, प्रारम्भिक परामर्श तथा आवश्यक स्वास्थ्य सिफारिस प्रदान गरेको कम्पनीले जनाएको छ ।

यस्तै, वार्षिकोत्सवको अवसर पारेर हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले १५ वर्षभन्दा बढि सेवा दिएका ३६ जना कर्मचारीलाई दीर्घ सेवा सम्मान गरेको छ । सम्मानित हुनेमा प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठसहित केन्द्रीय कार्यालयमा कार्यरत रमनजुलु नाइडु, रतन कुमार लामा, रोशन कुमार श्रेष्ठ, बच्चुराम खड्का, निरजमानसिंह प्रधान, सुदर्शन श्रेष्ठ, अनुज लाखे, शिव प्रसाद श्रेष्ठ, मनोहर अधिकारी, अञ्जु तुलाधर श्रेष्ठ रहेका छन् । यस्तै, गिहेन्द्रमान डंगोल, रवि डंगोल, रवि डंगोल, देभेन्द्र खड्का, सुविन्द्र श्रेष्ठ, अमृत श्रेष्ठ, पुनम महर्जन, पूर्णिमा श्रेष्ठ, निर्जला लिम्बु सुब्बा, तेज कुमार महर्जन, सञ्जय रत्न डंगोल, दिवेश कायस्थ, सिजन श्रेष्ठ, सुजाता खतिवडा, किशोर महर्जन, विदुर तिमल्सिना, सिताराम कँडेल, खगेश्वर भट्टराई, राधेश्याम खड्गी, कालुसिंह तामाङ, सविना देउला, सिता रिजाल, रुपा धल, सुभद्रा केसी, जिवन्ती श्रेष्ठ र केशव श्रेष्ठलाई कदरपत्र प्रदान गरिएको कम्पनीले उल्लेख गरेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको बागमती शाखाले पनि कम्पनीमा १५ वर्षभन्दा माथि सेवा पुर्याएका २५ जना कर्मचारीलाई सम्मान गरेको थियो । सम्मानित हुनेमा धर्मराज थापा, किशोर श्रेष्ठ, बिप्लिका जोशी, पूर्णकुमारी श्रेष्ठ, सुजन श्रेष्ठ, रुजिना जोशी, सुनिता श्रेष्ठ, रजनिस महर्जन, सुन्दर बुढाथोकी, प्रमिता जोशी लोहोनी रहेका छन् । साथै, राजुराज दली, प्रशन्ना श्रेष्ठ, सपना अवाले, सरोज सुवाल, अन्नपूर्ण श्रेष्ठ, दिवश खतिवडा, इन्दिरा घिमिरे, बासुदेव ढुंगाना, उमेश प्रधान, राजन न्यौपाने, प्रकाश लामिछाने, अजित विष्ट, सुरेश महर्जन, मिनादेवी श्रेष्ठ र बिमला कंडेल सम्मानित भएका हुन् ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी निर्देशक अञ्जु श्रेष्ठले कम्पनले ३२ औं वर्ष पूरा गर्दा समाजप्रतिको जिम्मेवारीलाई अझ मजबुत बनाउन चाहेको धारणा राखिन् । रक्तदान र स्वास्थ्य परीक्षण शिविरले कम्पनीको प्रतिबद्धता व्यवहारमा साबित गरेको उनको भनाइ थियो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले रगत संकलन, स्वास्थ्य सचेतना र सामुदायिक सेवा मार्फत समाजमा प्रत्यक्ष योगदान पुर्याउन हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आगामी दिनहरूमा पनि यस्ता गतिविधि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

















प्रतिक्रिया दिनुहोस्