Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

बुढीगण्डकी परियोजना अगाडी बढाउन प्रधानमन्त्रलाई ‘ग्रिन सिंग्नल’ दिँदै अर्थमन्त्रीले भने– कुनै समस्या छैन, हामी छिट्टै सुरु गर्न सक्छौं

बुढीगण्डकी परियोजना अगाडी बढाउन प्रधानमन्त्रलाई ‘ग्रिन सिंग्नल’ दिँदै अर्थमन्त्रीले भने– कुनै समस्या छैन, हामी छिट्टै सुरु गर्न सक्छौं
विज्ञापन
Advertisement

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुढीगण्डकी जलविद्युत आयोजनालाई अगाडी बढाउन समस्या नहुने बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीसँग बुढीगण्डकी जलविद्युत परियोजना प्रभावित क्षेत्र गोर्खा र धादिङका जनप्रतिनिधि तथा सरोकारवालाहरुले आज गरेको भेटका क्रममा अर्थमन्त्री खनालले प्रधानमन्त्री कार्कीसामु उक्त आयोजनालाई अगाडी बढाउन कुनै समस्या नहुने प्रस्ट पारेका छन् । यो सँगै लामो समय देखि रोकिएको १२ सय मेगावाट क्षमताको उक्त वृहत आयोजना अघि बढाउन अर्थ मन्त्रालयले ग्रिन सिंग्नल दिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार प्रधानमन्त्री कार्यालयमा भएको भेटमा आफूहरुले परियोजना छिटो भन्दा छिटो सुरु गर्न प्रधानमन्त्री कार्कीसँग माग गरेको पूर्व प्रधानमन्त्री समेत रहेका नेता बाबुराम भटट्राईले जानकारी दिए । उनले यो विषयमा अर्थमन्त्रीले आयोजना अघि बढाउन कुनै समस्या नहुने बताएको उल्लेख गरे । ‘अहिले कम्पनीमार्फत राष्ट्रिय गौरवको उक्त आयोजनालाई अगाडी बढाउने भन्ने जुन विषय आएको छ, यसलाई अझै रोकेर राख्न हुँदैन् तुरुन्त अगाडी बढाइयोस् भनेर प्रधानमन्त्रीसँग माग राखेका छौं ’ उनले थपे, ‘ अर्थमन्त्री जी यसको जानकार पनि हुनुहुन्छ । उहाँ यसको सुरुवातको बेलामा मेरो आर्थिक सल्लाहाकार पनि हुनुहुन्थ्यो । त्यसैले उहाँले प्रधानमन्त्री ज्यु कै अगाडी (बुढीगण्डकी) यसलालाई अगाडी बढाउन कुनै समस्या छैन, हामी छिट्टै सुरु गर्न सक्छौं भनेर भन्नुभयो’ खनालको भनाई उदृत गर्दै भट्टराइले भने ।

उनले आयोजना प्रभावित क्षेत्रमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायतका पूर्वाधार अभावमा जनताले पाइरहेको दुःखको चाडो सम्बोधन गर्नुपर्ने स्थानीयको मगलाई आफूहरुले प्रधानमन्त्रीसँग अनुरोध गरेको जानकारी दिए । उनले भने, ‘ हामीले हाम्रो सुझाव र मागहरु प्रस्तुत गरेका छौं । बुढीगण्डकी जलविद्युत परियोजना छिटो भन्दा छिटो सुरु गर्नुपर्यो भनेर कुरा राखेका छौं ।’

यस्तै उनले आफूहरुको अधिकार सम्पन्न प्राधिकरण गठनको मागलाई प्रधानमन्त्री र अर्थमन्त्री दुवैले चासो दिएको जानकारी दिँदै दुवै जना आयोजनालाई अगाडी बढाउन सकारात्मक भएको बताए । भट्टराईले भने–‘यो आयोजना जलविद्युत आयोजना मात्र होइन। यो बहुउद्देश्यीय आयोजना हो । फेवा ताल भन्दा १५ गुणा ठूलो ताल यहाँ बन्ने भएकाले त्यसको वरिपरी विकास र स्थानीय जननतालाई विस्थापित नगरीकन त्यसको वरीपरि चक्रपथ बनाएर त्यहीँ पुनःस्थापना गरिनुपर्न भन्ने मोडेलको लागि अधिकार सम्पन्न बुढीगण्डकी प्राधिकरण गठन गर्ने भन्ने जुन हाम्रो माग थियो त्यसमा उहाँहरु कन्भिन्स हुनुहुन्छ । खासगरी अर्थमन्त्रीले कुरा बुझ्नुभएको छ, प्रधानमन्त्रीले असाध्यै चासो राख्नुभएको छ। ’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit