Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रोटोकल तोडेर पुटिनलाई मोदीको स्वागत, भारत–रुस सम्बन्ध रणनीतिक साझेदारीको नयाँ चरणमा

प्रोटोकल तोडेर पुटिनलाई मोदीको स्वागत, भारत–रुस सम्बन्ध रणनीतिक साझेदारीको नयाँ चरणमा
विज्ञापन
Advertisement

काठमाडौं । चार वर्षपछि भारतीय भूमिमा पुनः भेट भएका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको आजको अन्तरक्रिया कूटनीतिक औपचारिकता मात्र नभई, बदलिँदो विश्व व्यवस्थाबीच पुरानो मित्रताको पुनःमापन गर्ने महत्त्वपूर्ण क्षण मानिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सन् २०२१ डिसेम्बर पछि पहिलोपटक भारत आएका राष्ट्रपति पुटिनलाई प्रधानमन्त्री मोदीले प्रोटोकल तोडेर व्यक्तिगत रूपमा स्वागत गरे । दुवै नेताले एउटै कारमा यात्रा गर्दै लोककल्याण मार्गस्थित प्रधानमन्त्रीको निवाससम्म पुगेका थिए ।

प्रधानमन्त्री मोदीले रुसी अतिथिलाई रुसी भाषामा अनुदित पवित्र भगवद् गीताको प्रतिलिपि उपहार दिँदै यस शास्त्रले विश्वभरका लाखौँ मानिसलाई प्रेरित गर्ने बताए । पालम विमानस्थलमा प्रधानमन्त्रीले पुटिनलाई आलिङ्गन गर्दै स्वागत गर्दा परम्परागत नृत्य देखाइएको थियो । प्रधानमन्त्री मोदीले एक्समा भारत–रुस मित्रतालाई ‘समय–परीक्षित’ भन्दै राष्ट्रपति पुटिनलाई पुनः स्वागत गर्न पाउँदा खुसी रहेको बताएका छन् ।

राष्ट्रपति पुटिन डिसेमबर ५ (शुक्रबार) सम्म भारतमा रहनेछन् र यसै क्रममा २३औँ भारत–रुस वार्षिक शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीसँग विस्तृत वार्तामा पनि सहभागी हुनेछन् । त्यसअघि उनले राष्ट्रपति भवनमा औपचारिक स्वागत, त्रिसेवा गार्ड अफ अनर ग्रहण गर्ने र राजघाटमा महात्मा गान्धीको स्मारकमा श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । हैदराबाद हाउसमा दुवै नेताको सीमित र विस्तारित वार्ता हुनेछ । पूर्व कूटनीतिज्ञ अरुण सिंहले भारत–रुस सम्बन्ध राजनीतिक समर्थन, रक्षा सहयोग र परम्परागत विश्वासमा आधारित भएकाले पुटिनको यो भ्रमण अत्यन्त महत्त्वपूर्ण रहेको विष्लेशण टिप्पणी गरे । उन अनुसार संयुक्त राष्ट्र सुरक्षा परिषद्मा रुसले भारतलाई दिएको निरन्तर समर्थनले दुवै मुलुकबीचको स्थायी साझेदारीलाई अझ मजबुत बनाएको छ ।

भारत प्रस्थान गर्नुअघि दिएको अन्तर्वार्तामा राष्ट्रपति पुटिनले प्रधानमन्त्री मोदीको अडिग नेतृत्व, स्पष्ट दृष्टिकोण र बाह्य दबाब नमान्ने क्षमताको प्रशंसा गर्दै भारतलाई प्रमुख विश्व शक्ति भएको बताएका थिए । उनले मोदीसँगको सम्बन्धलाई व्यावसायिक र व्यक्तिगत दुवै स्तरमा विश्वास र दीर्घकालीन सहयोगमा आधारित रहेको भनेका छन् । युक्रेन द्वन्द्व आरम्भ भएदेखि पुटिनको यो पहिलो विदेश यात्रा भएकोले यस भ्रमणलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विशेष ध्यानका साथ हेरिएको छ ।

दुवै देशबीच व्यापार, रक्षा, विज्ञान–प्रविधि, कृषि, शिक्षा तथा सांस्कृतिक तथा मानवीय क्षेत्रमा सहयोग विस्तारबारे धेरै सम्झौता हुने अपेक्षा गरिएको छ । क्रेमलिन र भारतीय विदेश मन्त्रालय दुवैले पुटिनको भ्रमणले विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीलाई अझ सुदृढ गर्ने, द्विपक्षीय प्रगतिमाथि समीक्षा गर्ने र विश्व तथा क्षेत्रीय मुद्दामा आपसी धारणा आदानप्रदान गर्ने अवसर प्रदान गर्ने बताएका छन् । एएनआई

 

 

 

 

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit