Advertisement
Advertisement
Corporate Samachar
१९ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भक्तपुर क्यान्सर अस्पताललाई रमेश गुप्ता मेमोरियल ट्रस्टद्वारा विद्युतीय आईसीयू बेड हस्तान्तरण

भक्तपुर क्यान्सर अस्पताललाई रमेश गुप्ता मेमोरियल ट्रस्टद्वारा विद्युतीय आईसीयू बेड हस्तान्तरण
विज्ञापन
Advertisement

काठमाडौं । बाल क्यान्सर उपचार सेवा सुदृढ बनाउने उद्देश्यसहित रमेश गुप्ता मेमोरियल ट्रस्टले महालक्ष्मी डेभलपमेन्ट बैंकसँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आईसीयू बेड उपलब्ध गराएको छ। ट्रस्टका अनुसार यो सहयोगपछि अस्पतालको बाल क्यान्सर सेवा क्षमता १५ बेडसम्म पुग्नेछ।

विज्ञापन
Advertisement
Advertisement

नेपालमा बाल क्यान्सर उपचारलाई थप पहुँचयोग्य र प्रभावकारी बनाउन ट्रस्टले विभिन्न पहलहरू गर्दै आएको छ। यही क्रममा, विश्वव्यापी साझेदार ‘सिटी क्यान्सर च्यालेन्ज’ ९ऋष्तथ ऋबलअभच ऋजबििभलनभ० को सहकार्यमा ट्रस्टले देशका सातै प्रदेशमा स्थापना भएका साझा उपचार केन्द्रहरूलाई उपकरण, क्षमता विकास तथा आवश्यक स्रोत–साधन उपलब्ध गराउँदै आएको जनाएको छ।

यी केन्द्रहरूले बाल क्यान्सर उपचारलाई विकेन्द्रीकरण गर्न महत्वपूर्ण भूमिका खेलेका छन्, जसले गर्दा बिरामी बच्चाहरूले आफ्नो घरनजिकै सुरक्षित उपचार पाउँदै आएका छन्। यसले परिवारहरूको लामो दूरीको यात्रा, आवत–जावत खर्च र मानसिक दबाब कम गर्न मद्दत गरेको ट्रस्टले जनाएको छ।

ट्रस्टका अनुसार बाल क्यान्सरको उपचार सुधारका लागि ३६०–डिग्री दृष्टिकोणसहित—स्वास्थ्यकर्मी तालिम, जनचेतना अभिवृद्धि, क्षमता तथा दक्षता विकास, साथै परिवारलाई आर्थिक, मनोसामाजिक र भावनात्मक सहयोग—जस्ता गतिविधिहरू सञ्चालन हुँदै आएका छन्।

‘नेपालमा बाल क्यान्सर उपचार परिणाम सुधार गर्न दीर्घकालीन लगानी र सहकार्य अपरिहार्य छ, ट्रस्टले जनाएको छ। ट्रस्टका अनुसार जारी पहलहरूले देशभरका बालबालिकाले, उनीहरू जहाँ बसे पनि, समयमै गुणस्तरीय उपचार र बाँच्ने निष्पक्ष अवसर पाउन सक्ने वातावरण निर्माण गर्ने लक्ष्य लिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit