काठमाडौं । काठमाडौंमा आगामी जेठ २९ देखि असार १ गतेसम्म ‘ग्लोबल कन्जुमर एक्स्पो २०२६’ को दोस्रो संस्करण आयोजना हुने भएको छ।
भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा हुने यस मेलाको औपचारिक घोषणा आयोजक इभेन्ट सोलुसनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै गरेको हो। ‘शपिङको नयाँ ठेगाना’ नारा दिइएको यस एक्स्पोमा
१०० भन्दा बढी स्वदेशी तथा विदेशी ब्रान्डका एफएमसीजी, इलेक्ट्रोनिक्स, फेसन, घरायसी सामग्री, स्वास्थ्य तथा सौन्दर्य र हस्तकलाका उत्पादनहरू राखिनेछन्।
प्रदर्शनीमा उपभोक्ताहरूले सामानको प्रत्यक्ष अवलोकन र खरिद गर्न सक्नेछन्। साथै, हस्तकलाको प्रत्यक्ष अनुभवका लागि ‘इन्टरएक्टिभ जोन’ समेत रहने आयोजकले जनाएको छ। मेलामा विशेष छुट, लक्की ड्र र उपहार योजनाहरू उपलब्ध हुने बताइएको छ। यसले व्यवसाय–देखि–व्यवसाय र व्यवसाय–देखि–उपभोक्ता नेटवर्क विस्तारमा मद्दत पुर्याउने लक्ष्य राखेको आयोजकको भनाइ छ।
सबै उमेर समूहका लागि प्रवेश खुला रहने यस मेलामा स्टल बुकिङ तथा विस्तृत जानकारीका लागि आधिकारिक ‘क्युआर’ कोडमार्फत सम्पर्क गर्न सकिने उल्लेख छ ।

















प्रतिक्रिया दिनुहोस्