काठमाडौं । नेपालकै उदयमान, सस्तो र भरपर्दो फाइबर इन्टरनेट सेवा प्रदायक वाईफाई नेपालले नेपाल प्रिमियर लिग को उत्साहलाई मध्यनजर गर्दै विशेष अफर ‘पारस दाईको मौकामा चौका’ सार्वजनिक गरेको छ।
यस अफर अन्तर्गत २०० Mbps इन्टरनेट प्याकेज लिने ग्राहकहरूले १२ महिना सेवा खरिद गर्दा अझै १२ महिना अतिरिक्त बोनस इन्टरनेट निःशुल्क पाउनेछन्। यस अनुसार ग्राहकहरूले एक वर्षको मूल्यमा दुई वर्ष अर्थात् २४ महिनासम्म उच्च गतिको इन्टरनेट सेवा उपयोग गर्न सक्नेछन्।
इन्टरनेट सेवासँगै ग्राहकहरूले कुनै अतिरिक्त लागत बिना निःशुल्क Mesh Wi-Fi Router पनि प्राप्त गर्नेछन्, जसले इन्टरनेटको गति, कभरेज र स्थिरतालाई अझ बलियो बनाउने कम्पनीले जनाएको छ। सो सुविधा रु ११,७५० (भ्याट सहित) मा उपलब्ध गराइँदैछ।
वाईफाई नेपालले यस अफरमार्फत आफ्ना ब्रान्ड एम्बासडर तथा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई प्रस्तुत गर्दै, NPL 2025 को माहोललाई अझ रोमाञ्चक बनाउन चाहेको जनाएको छ।
कम्पनीका अनुसार, “यो अफर NPL 2025 को उत्सव मनाउने र ग्राहकलाई विशेष सुविधा दिने उद्देश्यसहित ल्याइएको हो। २०० Mbps इन्टरनेट, निःशुल्क Mesh Router र एक वर्षको बोनस सेवासहित, गुणस्तरीय इन्टरनेटलाई सबैका लागि सुलभ र किफायती बनाउने हाम्रो प्रतिबद्धता हो।”
‘पारस दाईको मौकामा चौका’ अफर मंसिर २९, २०८२ सम्म मान्य हुनेछ। यसमा कम्पनीका नियम तथा सर्तहरू लागू हुनेछन्।

















प्रतिक्रिया दिनुहोस्