Advertisement
Advertisement
Corporate Samachar
१९ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सिद्धार्थ बैंकद्वारा रुकुम पश्चिममा पुनर्निर्मित विद्यालय भवन हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा रुकुम पश्चिममा पुनर्निर्मित विद्यालय भवन हस्तान्तरण
विज्ञापन
Advertisement

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको आर्थिक सहयोगमा रुकुम पश्चिममा पुनर्निर्मित विद्यालय भवनको समुद्घाटन गरी हस्तान्तरण भएको छ।

विज्ञापन
Advertisement
Advertisement

वि.सं. २०८० साल कार्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको कर्णाली प्रदेश, रुकुम पश्चिम जिल्ला, सानीभेरी गाउँपालिका वडा नं. १, भण्डारवनस्थित श्री जनप्रिय आधारभूत विद्यालयको भवन बैंकले पुनर्निर्माण गरिदिएको हो।

सुलभ पहुँचयुक्त शौचालय सहितको उक्त नवनिर्मित भवनको सोमबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामेश्वर प्रसाद बस्यालले समुद्घाटन गरी विद्यालयका प्रधानाध्यापक हंश बहादुर खड्कालाई हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा सीईओ बस्यालले विद्यालय भवन निर्माण केवल भौतिक संरचना निर्माणमा सीमित नभई भूकम्पपछिको पुनःस्थापना, बालबालिकाको सुरक्षित भविष्यप्रतिको प्रतिबद्धता तथा गुणस्तरीय शिक्षा मार्फत समाज रूपान्तरण गर्ने साझा संकल्पको प्रतिक भएको बताए । ‘बालबालिकाहरु समृद्ध राष्ट्र निर्माणका आधार हुन्, त्यसैले उनीहरूलाई समयसापेक्ष, गुणस्तरीय र समावेशी सीप, ज्ञान र नैतिक मूल्यमा आधारित शिक्षाद्वारा सक्षम बनाउनु भविष्य निर्माण तर्फको पहिलो र महत्वपूर्ण पाइला हो । यही विश्वासका साथ बैंकले भवन निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरेको छ’ सीईओ बस्यालले भने ।

बैंकको यो पहलले विद्यार्थीहरूको सुरक्षित र गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्दै शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउने अपेक्षा बैंकको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit