Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

मझौला तथा घरेलु उद्योगहरूको प्रवर्द्धनका लागि ‘स्वदेशी बजार’ प्रर्दशनी हुँदै

मझौला तथा घरेलु उद्योगहरूको प्रवर्द्धनका लागि ‘स्वदेशी बजार’ प्रर्दशनी हुँदै
विज्ञापन
Advertisement

काठमाडौं । गुणस्तरीय नेपाली उत्पादनको प्रवर्द्धन, स्वदेशी उद्योग तथा उद्यमहरूको क्षमता अभिवृद्धि, र घरेलु उत्पादकहरूलाई बजार पहुँचमा सहयोग पुर्याउने उद्देश्यले एक दिने ‘स्वदेशी बजार २०२५’ प्रर्दशनी आयोजना हुने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल उद्योग परिसंघ (सिएनआई) र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहकार्यमा सञ्चालीत ‘मेक इन नेपाल’ स्वदेशी अभियानले उद्योग विभागको सहयोग एवं समन्वयमा शनिबार स्वदेशी बजार आयोजना गर्न लागेको हो । शनिबार (२७ पुष) मा ललितपुरको सानेपास्थित अन्तर्राष्ट्रिय क्लबमा सञ्चालन हुने उक्त एकदिने प्रदर्शनीले ‘नेपालमै बनेका उत्पादन–नेपालकै पहिचान’ भन्ने अवधारणामा नेपाली उत्पादनको प्रवर्द्धन, स्वदेशी उद्योग तथा उद्यमहरूको क्षमता अभिवृद्धि, र घरेलु उत्पादकहरूलाई बजार पहुँचमा सहयोग पुर्याउने उद्देश्य लिएको छ।

साना, मझौला तथा घरेलु उद्योगहरूको प्रवर्द्धनका लागि निःशुल्क स्टल सुविधा र सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकको भनाइ छ । प्रर्दशनीमा तीन हजार भन्दा बढीको सहभागिता हुने अनुमान आयोजकको रहेको छ । प्रर्दशनीमा कृषि तथा एग्रो–प्रविधि, खाद्य तथा प्रशोधित उत्पादन, बस्त्र तथा पहिरन, हस्तकला तथा कला उद्योग, आयुर्वेदिक तथा स्वास्थ्य सेवा सम्बन्धि उत्पादन, सजावट सामग्री, चिया तथा पेय पदार्थ, र अन्य उत्पादन निर्माण सम्बन्धी उद्योगसहित करिब ४०–५० उद्योग तथा उद्यम सहभागी हुने छन्।

सहभागी उद्योगहरूलाई आफ्ना उत्पादन तथा सेवाहरू सार्वजनिकरूपमा प्रदर्शन गर्ने, उपभोक्तासँग प्रत्यक्ष रूपमा संवाद एवं अन्तरक्रिया गर्ने, तथा सम्भावित खरीदकर्ता, वितरक, व्यवसायिक साझेदार र सरोकारवालाहरुसँग नेटवर्क विस्तारका लागि प्रर्दशनीले सहयोग पुर्याउने अपेक्षा गरिएको छ। परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले प्रर्दशनीमार्फत नेपाली उद्योग, सीप, नवप्रवर्तन र उद्यमशीलताको पहिचानलाई राष्ट्रियस्तरमा उजागर गर्ने तथा स्वदेशी उत्पादनको उपभोग प्रवर्द्धनमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

नेपाल सरकारले स्वदेशी उत्पादन तथा उद्योगको प्रर्वद्धन गर्ने नीति लिएको छ । सोही अनुरुप सरकारले संघसँगको सहकार्यमा ‘स्वदेशी बजार’ प्रर्दशनी मार्फत नेपाली उद्योगीको मनोबल बढाउने विश्वास लिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit