Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

उद्योग र पूँजी बजार बचाउन रिलायन्सकर्मी संगठित, ‘लेटर–प्याड अभियन्ता’ विरुद्ध तीब्र आक्रोश

उद्योग र पूँजी बजार बचाउन रिलायन्सकर्मी संगठित, ‘लेटर–प्याड अभियन्ता’ विरुद्ध तीब्र आक्रोश
विज्ञापन
Advertisement

काठमाडौं । केही बिचौलिया र नक्कली अभियन्ताहरुले आफ्नो व्यक्तिगत स्वार्थ र लाभको लागि पूँजी बजार धराशायी बनाउन खोजेको भन्दै रिलायन्स स्पिनिङ मिल्समा कार्यरत कर्मचारी र श्रमिक प्रतिरोधमा उत्रिएका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत स्वार्थको धन्दा बन्द गर्न कडा सामूहिक चेतावनी पनि दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

कर्मचारी तथा मजदुरहरुले सामाजिक सञ्जालमाफर्फत उत्पादन, रोजगारी र देशको समृद्धिको पक्षमा आफ्नो आवाज बुलन्द पारेका छन् । उनीहरुले व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर नेपालको पूँजी बजारलाई धराशायी बनाउने, अदालतको आशय र आदेशलाई अटेर गर्दै पटक–पटक अदालतमा रिट लिएर जाने केही व्यक्ति तथा समूहलाई लक्षित गर्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका हुन् ।

नेपालको औद्योगिक इतिहासमा ‘लेटर–प्याड’ अभियन्ताविरुद्ध कम्पनीका मजदुरहरु संगठित रुपमा प्रतिरोधमा उत्रिएको यो संभवतः पहिलो घटना हो ।

रिलायन्समा २९ वर्षदेखि कार्यरत मधुसुदन लुइँटेलले पूँजी बजारका स्वघोषित लकगानीकर्ता, नक्कली अभियन्ता, नामधारी ‘रिटबहादुरहरु’ ले बार्गेनिङ गर्ने उद्देश्यले पटकपटक रिटको सहारामा २० औं हजार लगानीकर्ताको लगानी बन्धक बनाएको र सयौं श्रमिकहरुको रोजगारी खोस्ने तथा औद्योगिक वातावरण ध्वस्त पार्ने दुष्प्रयास गरेका बताएका छन् ।

‘उद्योगले म लगायत यहाँ कार्यरत कर्मचारी र तिनका परिवारलाई प्रत्यक्ष लाभ पुगेको छँदैछ भने अप्रत्यक्ष रूपमा लाखौंलाई लाभ नै पुगेको छ,’ उनले भनेका छन्, ‘मुलुकको अर्थतन्त्रमा पनि ठूलो योगदान पुगेको छ, तसर्थ यो स्तरको राष्ट्रिय उद्योगको संरक्षण गर्नु तपाईँ–हामी सबैको कर्तव्य हो ।’ उनले बार्गेनिङ र नकारात्मकता बेचेर आफ्नो झोला भर्न खोज्ने हरुको पछि नलाग्न र ढुक्कसँग लगानी गर्न आह्वान पनि गरेका छन् ।

१५ वर्षदेखि कार्यरत अर्का कर्मचारी एसपी उप्रेतीले केही सीमित व्यक्तिहरुले ‘सार्वजनिक हित’ को नाममा ‘बार्गेनिङ’ गरेर देशको यति ठूलो उद्योग र उद्योगमा आश्रित कर्मचारी तथा मजदुरको भविष्यमाथि खेलवाड गरिरहेका बताएका छन् । ‘हामीले यहाँ केवल तलब मात्र होइन, प्रत्येक वर्ष कम्पनीको नाफाबाट राम्रो बोनस पनि पाउँदै आएका छौं, यस कम्पनीले गर्दा आज म स्वदेशमै रहेर श्रम गरी आफ्नो घर–परिवार पाल्न सकेको छु,’ उनले केही व्यक्तिको नामै गरेर भनेका छन्, ‘तर आज केही ‘नक्कली अभियन्ता’हरूले झूठो मुद्दा र मिडियाबाजी गरेर हाम्रो रोजीरोटी खोस्न खोज्दैछन् ।’ आफूहरु उत्पादन र रोजगारीको पक्षमा रहेको बताउँदै उनले ‘बार्गेनिङ बन्द गर र देश बन्न देउ’ भनेका छन् ।

करिब ४ हजार ५ सयलाई रोजगारी दिएको, वार्षिक ५० करोड डलरको बस्तु निर्यात गरेर अर्थतन्त्रमा टेवा पु¥याएको र तीब्र नाफामा गएको रिलायन्स स्पिनिङ मिल्सले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको स्वीकृति पाएसँगै पूँजी बजारलाई बार्गेनिङ गरेर खान पल्केका केही व्यक्तिहरुले कम्पनीविरुद्ध भ्रम सिर्जना गरेका थिए । यसकै विरोधमा रिलायन्समा कार्यरत कर्मचारीहरु प्रतिरोधमा उत्रिएका हुन् । आईपीओ निष्काशनसँगै कम्पनीमा आफूहरुको शेयर रहने र पब्लिक लिमिटेडको कर्मचारी÷मजदुर हुने भएपछि उनीहरु उत्साही छन् । तर कम्पनी बाहिरबाट नकारात्मक सन्देश प्रवाह हुन थालेपछि कार्यरत कर्मचारी र मजदुरहरु प्रतिरोधमा उत्रिएका हुन् ।

कम्पनीमा कार्यरत ममता गिरीले रिलायन्स एक उद्योगमात्र नभई हजारौं परिवारको आशा, वर्षौंको पसिना र भविष्यको सपना भएको बताएका छन् । ‘यो उद्योग मेरो मात्र होइन, हजारौं नेपाली परिवारको रोजगारी, राजीरोटी र भविष्यसँग जोडिएको छ । यही कारण हाम्रो परिवार चलेको छ, घरको सपना पूरा भएको छ,’ उनले भनेकी छन्, ‘म व्यक्तिगत रुपमा भन्न चाहन्छु– विवाद, बार्गेनिङ र भ्रमले होइन, समाधान, संवाद र उत्पादनले देश अघि बढोस् ।’

ममताको जस्तै भनाइ रमेश अधिकारीले राखेका छन् । उनले कोही नक्कली अभियन्ता बनेर समाज र सिंगो देशको औद्योगिक क्षति र आर्थिक तथा सामाजिक वातावरणलाई धमिलो बनाउन लागिरहेको बताएका छन् । ‘रिलायन्समा म १५ वर्षदेखि काम गरिरहेको छु, यहाँ मजस्तै ४५०० जनाले पसिना बताए । ,’ उनले प्रश्न गरेका छन्, ‘तर आज आईपीओ बन्द गराउने खेलमा लाग्नु देश, समाज र परिवारको हितमा छ त रु’

अर्का कर्मचारी कञ्चन पौडेलले केही नक्कली अभियन्ताहरुको कारण आफूहरुको रोजगारी संकटमा परेको चिन्ता व्यक्त गरेका छन् । ‘हामी यहाँ काम गरेर परिवारलाई खुसी र समृद्धि दिन्छौं, उनले भनेका छन्, ‘तर केही नक्कली अभियन्ताहरुले झुठा आरोप र मिडियाबाजी गरेर हाम्रो रोजगारी र उद्योगलाई संकटमा पार्दैछन् ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit