images images images
images images images
images
images
images

चाँदीको भाउ हालसम्मकै महँगो, सुन २ लाख ६० हजार नजिक

images

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि हुँदा चाँदीको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबार चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। आज पहिलो पटक चाँदीको भाउ प्रतितोला ४ हजार रुपैयाँ नाघेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७ सय रुपैयाँ बढेर २ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार त्यति नै परिमाणको सुन २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि सोमबार सुनको भाउ २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेर हालसम्मकै महँगो मूल्यको रेकर्ड कायम गरेको थियो ।

images
images

यस्तै आज चाँदीको भाउले ऐतिहासिक मूल्य कायम गरेको छ । बुधबार एकैदिन चाँदीको मूल्य १७० रुपैयाँले बढेर प्रतितोला ४ हजार ५५ रुपैयाँ पुगेको हो ।
अघिल्लो दिन चाँदी ३ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत बुधबार चाँदी ३ हजार ९०५ रुपैयाँ पुगेर महँगो मूल्यको रेकर्ड बनेको थियो। उक्त रेकर्ड एक सातामै आज तोडिएको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३३० र त्यति नै परिमाणको चाँदी ६५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्