Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६.३८अर्ब राजस्व सङ्कलन, मंसिरमा उठ्यो धेरै

वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६.३८अर्ब राजस्व सङ्कलन, मंसिरमा उठ्यो धेरै
विज्ञापन
Advertisement

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब ३८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने १२ अर्ब एक करोड अर्थात् १४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो। जबकी कार्यालयले गत आवको पाँच महिनामा ८४ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

विज्ञापन
Advertisement
Advertisement

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको पाँच महिनामा राजस्व सङ्कलन उत्साहजनक रहेको बताए । ‘कार्यालयले मङ्सिर महिनामा २१ अर्ब ३३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर, सो महिनामा मात्रै लक्ष्यको ९८ प्रतिशतअर्थात् २० अर्ब ८० करोड राजस्व सङ्कलन गरेको छ ।’

प्रमुख भन्सार प्रशासक ज्ञवालीले चालु आवको पाँच महिनामध्ये सबैभन्दा धेरै राजस्व पनि मङ्सिर महिनामा सङ्कलन भएको बताए । साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोज महिनामा १९ अर्ब नौ करोड रुपैयाा राजस्व सङ्कलन भएको थियो ।

त्यस्तै कात्तिक महिनामा १७ अर्ब ३३ करोड र मङ्सिर महिनामा भने २० अर्ब ८० करोड राजस्व सङ्कलन भएको हो। भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयालाई वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ। हालसम्मको पाँच महिनामा वार्षिक लक्ष्यको ८७ प्रतिशत राजस्व सङ्कलन भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit