Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

स्वास्थ्य बीमा बोर्डद्वारा मङ्सिरसम्मको रकम भुक्तानी

स्वास्थ्य बीमा बोर्डद्वारा मङ्सिरसम्मको रकम भुक्तानी
विज्ञापन
Advertisement

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु आर्थिक वर्षको मङ्सिरसम्मको बक्यौता रकम भुक्तानी गरेको छ । बोर्डले आज एक विज्ञप्ति जारी गर्दै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बक्यौताकापत उपलब्ध गराउनुपर्ने २३ अर्ब ४४ करोड दुई लाख ९८ हजार १५ रुपैयाँ रकम भुक्तानी गरिएको जनाएको हो ।

विज्ञापन
Advertisement
Advertisement

बोर्डले स्वास्थ्य बीमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको गत मङ्सिर महिनासम्मको दाबी बक्यौता फरफारक भएको जनाएको छ । गत पुसदेखिको दाबी भुक्तानी गर्न आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चितताका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल भइरहेको बोर्डले जनाएको छ ।

स्वास्थ्य बीमा बोर्ड सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बीमित सेवाग्राहीको उपचार सेवामा कुनै प्रकारको अवरोध वा कठिनाइ सिर्जना नगरी स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत निर्धारित मापदण्डबमोजिम गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

बोर्डले सम्पूर्ण बीमित सेवाग्राहीलाई स्वास्थ्य बीमाअन्तर्गत उपलब्ध सेवाको जिम्मेवारी वहन गर्दै सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न अनुरोध गरेको छ । त्यसैगरी बोर्डले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन तथा स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गर्न पनि आह्वान गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit