Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पाँच महिनामा शेयर कारोबारबाट ४ अर्ब राजस्व संकलन

पाँच महिनामा शेयर कारोबारबाट ४ अर्ब राजस्व संकलन
विज्ञापन
Advertisement

 काठमाडाैं । चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो पाँच महिनामा सेयर बजारमार्फत सरकारले करिब ४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

मंसिर महिनासम्म लगानीकर्ताहरूबाट सरकारले कुल ४ अर्ब १ करोड ३१ लाख ४५ हजार ६७७ रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको हो ।

मंसिर महिनामा सबैभन्दा धेरै पुँजीगत लाभकर व्यक्तिगत लगानीकर्ताले तिरेका छन् । लामो समयसम्म सेयर होल्ड गर्ने व्यक्तिगत लगानीकर्ताले मंसिर महिनामा मात्र १७ करोड १ लाख ९० हजार ९५१ रुपैयाँ कर तिरेका छन्। यस्तै, छोटो अवधिमा सेयर किनबेच गरी नाफा आर्जन गर्ने सर्ट टर्म लगानीकर्ताबाट ४१ करोड ४३ लाख २ हजार ९७७ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ।

मंसिर महिनामा कर्पोरेट लगानीकर्ताको ४ करोड ५३ लाख २७ हजार ०११ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन्। मंसिर महिनामा मात्र कर्पोरेट र व्यक्तिगत दुवै समूहबाट ६२ करोड ९८ लाख २० हजार ९४० रुपैयाँ कर संकलन भएको छ ।

सरकारले हाल ३६५ दिनभन्दा बढी सेयर होल्ड गरी नाफामा बिक्री गर्ने लगानीकर्तालाई ५ प्रतिशत र सोभन्दा कम समय होल्ड गरी नाफा आर्जन गर्ने लगानीकर्तालाई ७.५ प्रतिशत पुँजीगत लाभकर लगाउँदै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit