काठमाडौं। एघारौँ संस्करणर्को नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबार देखि आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा.लिले संयुक्त रुपमा आयोजना गर्दै आइरहेको इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धि मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरुको बृहत अन्तर्राष्ट्रिय प्रदर्शनीको पुष ४, ५ र ६ गते काठमाडौंको भृकृटीमण्डपमा आयोजना गर्न लागिएको हो ।
प्रदर्शनीमा स्वदेशी तथा विदेशी ब्रान्डहरुका १०० भन्दा बढि स्टल रहने छन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनीहरु, ल्यामिनेट, विभिन्न कम्पनिका डिलर, सबडिलर र बिक्रेताहरुले काष्ठ व्यवसाय सँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी उपलब्ध गराइने आयोजकले जनाएको छ । यस अन्तराष्ट्रिय प्रदर्शनीमा इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बन्धि मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरु राखिने छन् ।
एघारौँ नेपाल उड प्रदर्शनीमा आयोजकहरुले अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा भित्र्याउने जनाएको छ । यसलाई अत्याधुनिक वस्तु तथा टेक्नोलोजीलाई स्वदेशी उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिइएको आयोजकको भनाइ छ । प्रदर्शनीले साना देखि ठूला उद्योगसम्मलाई प्राविधिक सहयोग पुर्याउँदै प्रभावकारी रुपमा कार्यसम्पादनमा मद्दत पुग्ने अपेक्षा आयोजकको रहेको छ ।
यस प्रदर्शनीमा नेपाल हस्तकला महासंघ, सामुदायिक वन उपभोगता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, नेपाल प्लाईउड उत्पादक संघ, तथा इन्टेरियर डिजाईनर एस्सोसियेशनले सहयोग गरेका छन् । प्रदर्शनीमा इन्टेरियर डिजाइनर एशोसिएशन नेपालका विज्ञहरुद्वारा नविनतम प्रविधि, इन्टेरियर डिजाईन, फनिर्चर लगायत विभिन्न शिर्षकमा २ दिने सेमिनार तथा गोष्ठी पनि आयोजना गरिनेछ ।
प्रदर्शनीबाट नेपालमा हाल भइरहेको काठ, फनिर्चर र इन्टेरियर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पु¥याउने अपेक्षा छ ।
यो प्रदर्शनीले नेपालको काठ, फनिर्चर र इन्टेरियर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने तथा विदेशमा सफलतापुर्वक प्रयोग भएका नविनतम प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन सेतुको भूमिका खेल्दे जनाइएको छ । प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादन सम्बन्धि कार्यहरुमा पनि सकारात्मक भुमिका निर्वाह गर्ने अपेक्षा आयोजकको रहेको छ ।

















प्रतिक्रिया दिनुहोस्