Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

दि ओरिएण्टल इन्स्योरेन्सद्वारा आर्थिक पुनःनिर्माण कोषमा २० लाख रुपैयाँ आर्थिक सहयोग

दि ओरिएण्टल इन्स्योरेन्सद्वारा आर्थिक पुनःनिर्माण कोषमा २० लाख रुपैयाँ आर्थिक सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ ।

विज्ञापन
Advertisement
Advertisement

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले सरकारले स्थापना गरेको कोषमा बिहीबार दि ओरिएण्टल इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २० लाख रुपैयाँ प्रदान गरेको हो ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक संजय जोशीले अर्थमन्त्री रामेश्वर खनाललाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको सह–सचिव एवं अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयले जानकारी दिए ।

अर्थमन्त्री खनालले इन्स्योरेन्सको तर्फबाट कोषमा गरेको आर्थिक सहयोगप्रति प्रबन्ध निर्देशक जोशीलाई धन्यवाद दिएको पाण्डेयले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit