Advertisement
Advertisement
Corporate Samachar
७ मंसिर २०८३, सोमबार
Advertisement
Advertisement

भारतीय जनतालाई नेपालका धार्मिक तथा पर्यटकीय गन्तव्य घुम्न प्रधानमन्त्री बालेनको निम्तो

भारतीय जनतालाई नेपालका धार्मिक तथा पर्यटकीय गन्तव्य घुम्न प्रधानमन्त्री बालेनको निम्तो
प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता नयाँदिल्ली, ७ मङ्सिरः भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीस्थित हैदरावाद हाउसमा एक्लाएक्लै भेटवार्ता हुँदै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस
विज्ञापन
Advertisement

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय नागरिकलाई नेपालको भ्रमण गर्न आह्वान गरेका छन्। नेपाल र भारतबीच ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै उनले भारतीय जनतालाई नेपालका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यको भ्रमण गर्न निम्तो दिएका हुन्।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्री शाहले विशेषगरी माता जानकीको जन्मभूमि जनकपुरधाम, मुक्तिनाथ, बौद्धनाथ र स्वयम्भूनाथलगायत धार्मिक तथा सांस्कृतिक महत्वका स्थलको दर्शन गर्न भारतीय नागरिकलाई आग्रह गरेका छन्। उनले नेपाल धार्मिक पर्यटनका दृष्टिले महत्वपूर्ण गन्तव्य रहेको उल्लेख गर्दै भारतीय पर्यटकका लागि नेपाल सहज र आकर्षक भ्रमणस्थल बन्न सक्ने धारणा राखेका छन्।

उनले नेपाल र भारतबीचको सम्बन्ध केवल दुई देशबीचको कूटनीतिक सम्बन्धमा मात्र सीमित नरहेको उल्लेख गर्दै यसमा धार्मिक आस्था, सांस्कृतिक विरासत र जनस्तरको आत्मीयता पनि जोडिएको बताएका छन्।

प्रधानमन्त्री शाहले आगामी दिनमा नेपाल–भारत सम्बन्धले नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै पर्यटन, संस्कृति र जनस्तरको सम्बन्ध विस्तारमा दुवै देशले सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्।

नेपालका धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यमा भारतीय पर्यटकको आकर्षण बढाउन सके पर्यटन व्यवसाय, स्थानीय अर्थतन्त्र र रोजगारी सिर्जनामा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit