काठमाडौं। महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीका आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । प्रस्तावित लाभांशमा ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश रहेको छ। संस्थाले नगद लाभांश बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि वितरण गर्ने जनाएको छ ।
संस्थाको २०८३ असार मसान्तसम्म कायम ३८ करोड ७४ लाख ९४ हजार ८६६ रुपैयाँ ४६ पैसा चुक्ता पुँजीका आधारमा बोनस तथा नगद लाभांश वितरण गर्न लागिएको हो ।प्रस्तावअनुसार शेयरधनीले ३ करोड ६८ लाख १२ हजार १२ रुपैयाँ ३१ पैसा बराबरको बोनस शेयर प्राप्त गर्नेछन् । त्यस्तै, कर प्रयोजनका लागि १९ लाख ३७ हजार ४७४ रुपैयाँ ३३ पैसा नगद लाभांश वितरण गरिनेछ । यसरी संस्थाले कुल ३ करोड ८७ लाख ४९ हजार ४८६ रुपैयाँ ६४ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सञ्चालक समितिबाट पारित प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि संस्थाको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराउनुपर्नेछ । त्यसपछि मात्रै शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् ।














प्रतिक्रिया दिनुहोस्