Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति?

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति?
विज्ञापन
Advertisement

 काठमाडाैं । एनएलजी इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१-८२ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ५६ करोड ५२ लाख २४ हजार ४३२ रुपैयाँको कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा ४ प्रतिशतले हुन आउने १० करोड २६ लाख ८ हजार ९७८ रुपैयाँबराबरको बोनस शेयर र ३ प्रतिशतले हुन आउने ७ करोड ६९ लाख ५६ हजार ७३३ रुपैयाँबराबरको नगद लाभांश छन्।

यी दुवै लाभांशका लागि (कर प्रयोजनार्थ) कम्पनीले ०.३६८४ प्रतिशतले हुन आउने ९४ लाख ५० हजार ८२७ रुपैयाँ छुट्याएको छ।

लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit